Butwal Today

जसपा सांसद अन्सारीको निधन

४ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल,४ चैत । जसपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत भएकी थिइन् ।

सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।
यसअघि जसपाकै समानुपातिक सांसद ६३ वर्षीय सहनाज रहमानको २०७९ फागुन १३ गते ह्रदयघातका कारण निधन भएको थियो ।