ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

उद्योगपति विनोद चौधरीको बयान लिने सीआइबीको तयारी

४ चैत्र २०८०, आइतबार
४ चैत्र २०८०, आइतबार

काठमाडौं ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीको बयान लिने भएको हो ।

गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित आइतबार बसेको बैठकमा गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । सोही निर्देशन बमोजिम सांसद विनोद चौधरीको पनि सीआईबीले बयान लिने स्रोतले बतायो ।

बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा अरुण कुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो । तर जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भनेपछि उनीहरु रिहा भएका थिए ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

यो प्रकरणमा सीआईबीले तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडहरुको शेयर सदस्यहरु माथि पनि अनुसन्धान गर्नुपर्ने भनेको छ ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, त्यसबेला च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १०० कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००÷२०० कित्ता शेयर थियो ।

गंगादेवी चौधरीको १०० र बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा २ हजार हजार कित्ता शेयर थियो । चौधरी परिवारका सदस्यहरुमध्ये विनोद सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद छन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, २७ कात्तिक २०४३ सालमा च्याम्पियन फुटेवयर कम्पनी दर्ता हुँदा चौधरी परिवारका अन्य सदस्यको राज्यसंयन्त्रमा उत्तिको प्रभाव पार्न सक्ने हैसियत थिएन ।

तर, विनोदको भने त्यसअघिबाटै तत्कालीन दरबारदेखि राज्यको उच्च तहसम्म पकड थियो । चौधरीले आफ्नो आत्मकथामा समेत राजा वीरेन्द्रका भाइ धीरेन्द्रदेखि रानी ऐश्वर्यसम्म निकटताका आधारमा पाएको लाभबारे लेखेका छन् ।

‘त्यही पकडलाई प्रयोग गरेर आफू अनुकूल निर्णयहरु भएका हुन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यद्यपि, पछिल्लो समय त्यो जग्गा अरुणकुमार चौधरी र उनकी पत्नीको नाममा रहेको कम्पनीमा आएको देखिन्छ ।’

अनुसन्धान चलिरहँदा विनोदलाई अरुणलाई झैँ पक्राउ नै नगरे पनि बयानसम्म गराउनु पर्ने पर्याप्त आधारहरु देखिने अधिकृतहरु बताउँछन् । ‘तर, व्यापक दबाबबीच अरुण नै छुट्ने अवस्था आउँदा विनोदको बयान गराउने विषय समेत जटिल देखिएको छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘यद्यपि, परिस्थिति थप कसरी अघि बढ्छ, हेर्नुपर्छ ।’

पछिल्लो अनुसन्धानमा प्रहरीले विनोदसहित तत्कालीन च्याम्पियन फुटवेयरका शेयर होल्डरहरुमाथि सोधपुछ र बयान थाल्ने तयारी गरेको अधिकृतहरु बताउँछन् । प्रतिवादी हाजिर जमानीमा छुट्न अब थप छानबिन कसरी अघि बढ्छ भन्ने अन्यौल देखिएको ब्यूरोका अर्का एक अधिकृतले पनि बताए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, तत्कालीन श्री ५ को सरकारले बाँसबारी छाला जुत्ता उद्योगलाई २० कात्तिक २०३७ मा १८ रोपनी ३ आना २ पैसा जग्गा दिएको थियो ।

बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा गइरहेको निष्कर्ष निकाल्दै तत्कालीन बाँसबारी छाला जुत्ता उद्योगका अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका एक सदस्य करणदास चौधरीसँग एउटा प्रवर्द्धन सम्झौता गरेका थिए । त्यसमा ‘क्यानभास स्पोर्टस् जुत्ता उत्पादन गर्न एउटा कम्पनी स्थापना गर्ने’ भनेर उल्लेख थियो ।

सम्झौताअनुसार, त्यो कम्पनीमा करणदास चौधरी र परिवारको ५१ प्रतिशत शेयर रहने भनिएको थियो । २५ प्रतिशत बाँसबारी छाला जुत्ता उद्योग र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो ।

१३ भदौ २०४३ मा भएको सम्झौताअनुसार २७ कात्तिक २०४३ मा यो कम्पनी दर्ता भएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यसबेलासम्म विनोद चौधरीको विवरण कागजातमा देखिने अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?