Butwal Today

ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा कुलायन मन्दिरलाई सहयोग

४ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल, ४ चैत ।

ठूलाखर्क सेवा समाज रुपन्देहीले कुलायन मन्दिर भलवारीलाई ५० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । कुलायन मन्दिर संरक्षणका लागि भन्दै समाजले आर्थिक सहयोग गरेको हो ।

समाजका अध्यक्ष टामलाल ज्ञवालीको नेतृत्वमा भलवारीस्थित मन्दिरमा पुगेको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो । समाजले विभिन्न सामाजिक र रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको र यसैलाई निरन्तरता दिने प्रयास स्वरुप मन्दिर संरक्षणका लागि रकम हस्तान्तरण गरिएको अध्यक्ष ज्ञवालीले बताए ।

कुल कुलायनको पूजा अर्चना गर्न मन्दिर निर्माण गरी सम्पूर्ण परिवारहरुको साझा चौतारी एवम् थलोको सुरुवात गर्दै अगाडि बढिएको समाजका सचिव किशोर ज्ञवालीले बताए । सहयोग हस्तान्तरण समारोहमा समाजका पदाधिकारीका साथै अगुवाहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?