ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

अक्सफोर्ड मावि बुटवलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

बुटवल, ३ चैत ।

अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा ११ का विद्यार्थीहरूद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारी, शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, संस्थापक प्राचार्य यज्ञमुर्ती पाण्डे, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी , प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, सहायक प्राचार्य मोहन श्रेत्री, गजाधर सापकोटा, ललित खरेल, नवराज पङ्गेनी, घनबहादुर थापा, धर्म पौडेल लगायतले विद्यालयको शैक्षिक अवस्थाको बारेमा चर्चा गरेका थिऐ ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई खादा तथा मायाको चिनोले सम्मान गरिएको कक्षा ११ का छात्र साहित्य ज्ञवालीले जानकारी दिए । कार्यक्रममा खेल सप्ताहमा उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षक, दस बर्ष सेवा अवधि पूरा गरेका प्राध्यापक, कर्मचारी, खेल सप्ताहमा संयोजकको भूमिका निर्वाह गर्ने प्राध्यापकलाई खादा तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियोे ।

वैशाख १४ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा अक्सफोर्ड माविबाट ९१२ विद्यार्थीहरू सहभागी रहने र अक्सफोर्डमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए । कार्यक्रममा प्राध्यापक सुमन भुसालले अक्सफोर्ड माविले विद्यालयले विगतदेखि नै विभिन्न परीक्षामा देशकै उत्कृष्ट रिजल्ट ल्याएको स्मरण गर्दै अक्सफोर्डले विद्यार्थीलाई संस्कार समेत सिकाउँदै आएको हुँदा आम विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्ने गरेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश प्रमुख रमाकान्त तिवारीले अक्सफोर्ड माविले केही बर्षयता शैक्षिक क्षेत्रमा फड्को मारिरहेको बताउँदै राष्ट्रमा उत्कृष्टताको लागि शुभकामना दिए । उनले संस्कार सहितको शिक्षा लिएर परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई शुभकामना समेत दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले शैक्षिक हवको रूपमा स्थापित हँुदै गरेको बुटवलमा रही राष्ट्रमै उत्कृष्ट रिजल्ट ल्याउन तथा संस्कार सहितको शिक्षा प्रदान गर्दै आएको अक्सफोर्ड माविले शैक्षिक क्षेत्रमा राष्ट्रमै नेतृत्व लिन अगाडि सकोस् भनी शुभकामना दिए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यहरू तथा पिटीहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा गायिका रचना रिमालले प्रस्तुति दिदै विद्यार्थी तथा प्राध्यापकहरूलाई छमछमी नचाएकी थिइन् । कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर सृष्टि केसीले उपस्थित प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई १ घण्टा मोटिभेसन दिएकी थिइन् । कार्यक्रममा छात्रा रूवि अर्याल, स्तुति पौडेल, सर्लेट भुसाल, करीस्मा बेलबासे, अञ्जली खरेल, सुवेक्षा भट्टराई र सचिन भण्डारीले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?