ट्रेंडिंग:

>> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी

‘सरकार हामीलाई टावर देउ’

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

लमही, ३ चैत । गढवा गाउँपालिका वडा नं. ८ कोईलाबासबाट ८ किलोमिटर पश्चिममा अवस्थित ३६ घरधुरीको बसोवास रहेको खबरीनाकामा नेपाल टेलिकमको टावर नहुँदा त्यहाँका नागरिकहरू संचारबिहिन भएर निकै सास्ती खेपेको बताएका छन् । सबैजसो घरहरूमा एक/एक थान भारतिय र नेपाली सिमकार्ड राखेका छन् तर भारतिय सिमबाट नेपालमा रहेका अफन्त ईष्टमित्रलाई फोन गर्न बिवस भएको बताउँछन् ।

नेपाली नागरिक भएर पनि भारतिय सिमको प्रयोग गरी नेपालमा रहेका ईष्टमित्र र आफन्तलाई फोन गर्नु परेको छ । नेपाल टेलीकमले टावर नबनाईदिँदा निकै सास्ती भएको छ । सरकार हामीलाई फोन गर्न टावर चाहियो–गढवा–८ को दुर्गम बस्ति खबरीनाका बस्ने सावित्री घर्तिले भनिन –‘श्रीमानले बिदेशको खाडीमा काम गर्नुहुन्छ, उहाँसँग भिडीओ कल गर्न कि त भारतमा जानुपर्छ कि त गढवा, लमही र घोराहीमा रहेका आफन्तकहाँ पुग्नुपर्छ ।’ श्रीमानको डिउटीको समय मिलाउन उतै रात बसेर भिडीओ कलमा कुरा गरेर गाडीमा फर्किनु पर्छ, गढवा पुग्न मात्र कोईलाबास सम्म २ घण्टा पैदल र कोईलाबासबाट १ सय ७० रुपियाँ भाडा लाग्छ–सोहि गाउँ निवासी पुष्पा कुमारी बुढामगरले भनिन्, हामीलाई सास्ती भो सरकार हामीलाई टेलीकमको टावर चाहियो ।

सोहि गाउँका चन्द्रबहादुर बुढा मगर सामुदायिक वनका अध्यक्ष हुनुहुन्छ । सामाजिक काममा अग्रसर हुँदा फोन गरिरहनु पर्छ, आजको युगमा पनि अर्काको देशमा पुगेर नेपालका कार्यालयहरू र आफन्तलाई फोन गर्नुपर्छ । संचार सेवाबाट बन्चीत हुनुपर्दा राज्यले हेपेको महसुस भएको छ–उलले भने । नेपाली सिमबाट फोन गर्नुपरेमा कि त डेढघण्टा पैदल हिँडेर कोईलाबास जानुपर्छ कि त सवा घण्टा हिँडेर आम्सुते डाँडा र रानीपोखरी लेकमा उक्लिनु पर्छ । अन्यथा भारतिय सिम नै प्रयोग गर्नुपर्छ–सोहि गाउँकै बिद्यालयका शिक्षक हिमा बुढाले गुनासो गरे ।
युद्धकालमा अहिलेका प्रधानमन्त्री पनि यो गाउँमा आएका हुन । अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनले पनि भात खाएकै हुन् । हाम्रै दाङका मेटमणि चौधरीलाई पनि जिताएर पठाएका हौं । चुनाव आउँदा नेताहरू घरघरै भोट माग्न आउँछन् तर जितेर गएपछि हाम्रा समस्या सुन्दैनन् । पटक–पटक नेपाल टेलीकमको टावर माग गर्यौं तर मागको संबोधन भएन–गढवा ८ खबरीनाका निवासी कविता बुढा मगरले आक्रोस ब्यक्त गरे, हामी नेपाली भएर पनि नेपाली भएको अनुभूती छैन । हाम्रा कुरा कुनै नेताले सुनेनन्, संचारमन्त्री दाङकै हुनुहुन्छ रे त्यहाँसम्म पत्रकारले कुरा पु¥याईदिनु प¥यो–सरकार हामीलाई टेलीकमको टावर चाहियो ।

गढवा–८ खबरीनाकाका ३६ घरधुरीका नागरिकहरू घरमै बसेर नेपाल वा बिदेशमा फोन गर्नुपर्दा भारतिय सिमको प्रयोग गरी महंगो चार्ज तिर्न बाध्य छन् । गाउँका प्रत्येक घरका २÷३ जनाका दरले बैदेशिक रोजगारीमा खाडी र तेश्रो मूलूकमा कार्यरत छन् तर सबैले भारतीय सिमकार्ड प्रयोग गरी आफ्नो परिवारसंग संचार सम्पर्क गर्छन् । आजको २१ औं सताब्दिमा पनि टेलिकमको टावर नभएर संचारबिहिन हुनुपर्दा त्यहाँका नागरिकहरूले सास्ती त खेपैकै छन् नेताहरू र प्रशासकहरूलाई सत्तोसराप गर्न पनि बाध्य छन् ।

खबरी नाका जस्तै गढवाको घङराल नाका, भौंरीसाल नाका राजपुरका गुरुङनाका, सुकौली, सिरीया, पटौली, बिसपोखरी, बरवा, कल्याणपुर, सुनपथ्री, डग्मारा र अठबरुवा नाकाहरूमा बस्ने नेपाली नागरिकहरू टेलीकमको टावर नहुँदा भारतीय सिम प्रयोग गरेर बिदेशमा बस्ने घरपरिवार, नेपालका इष्टमित्र, आफन्त र कार्यालयहरूमा फोन गर्न बिवस छन् । आजको युगमा पनि संचार सेवाको पहुँचबाट टाढा हुनुपर्दा नेपाली सिमानाका रक्षक नाकाबासीहरूको पिडा र दुर्भाग्य हो । यस बिषयमा संचारमन्त्री र नेपाल टेलीकमको तत्काल ध्यान जानु जरुरी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?