ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

रिक्तता

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

ऊ घरमा खुशी लिएर आएको पहिलो सन्तान, जेठो छोरो, सुर्मे, नामचाहिँ सुर्मा खड्का ।
बाआमा दुवै निरक्षर तर बुद्धिमान । छिमेकीले छोरा पढाउन धरान पठाएपछि उसलाई पनि पढाउनुपर्छ भन्ने लागेछ बाआमालाई । ढिलो गरी विद्यालय भर्ना गरिदिए ।
बाल्यकालमा औधी चञ्चल थियो । १४/१५ वर्षको हुँदा धेरै असल थियो, निकै सघाउँथ्यो, अनौमाथि नियन्त्रण कायम गरिसकेको थियो । बारी र खेत गरेर थुप्रै थियो जमिन । हुर्कँदै जाँदा अल्छी हुँदै गयो । पढाइमा पनि, घरायसी काममा पनि ।
८ क्लासतिर पुगेपछि सङ्गत बिग्रियो, लत्तो छाड्दै गयो । उमेर पनि १८ पुगिसकेको थियो । दैनिक जसो उसले बदमासी गरेका समाचार मात्र आउन थाले घरमा । साथी आए पनि, गाउँले आए पनि, उसका शिक्षक आए पनि उस्तै खबर आउन थाल्यो घरमा । कहिले कसलाई पिट्यो, कहिले के चोर्यो, सुर्ती खान्छ, टिफिन पछि स्कुल फर्केर आएन, यस्तै यस्तै । उसका कारणले भाइ, बहिनी पनि बिग्रने चिन्ता बढ्यो । सुध्रिएला भनेर बाआमाले खुब सम्झाइबुझाई गरे । प्रधानपञ्चलाई पनि भन्न लगाए तर तिघ्रा छिप्पिएपछि कहाँ अर्ती लाग्दो रहेछ र !
जति सम्झाइ–बुझाइ गरे पनि केही पार लागेन, पढाइ छोड्यो उसले । बाले आमालाई निष्कर्ष सुनाउनुभो, “अब यसको बिहे गरिदिनु पर्छ । डाँक्लामा पानी चढेपछि सम्झाइ–बुझाइको सूत्रले पार लाग्दो रहेनछ । लगाम बिनाको घोडा जस्तो भयो यो । बिहे गरेपछि सुध्रेला कि । न त काम सघाउँछ, न त अनुशासन छ । अझ सुन्दै छु रक्सी पनि खान्छ रे यो ।”
आमा अलमल्ल परिन्, “खै ! के गर्ने गर्ने ! किन यस्तो भको हो यो ! बिहे गरेर के मति आउला यसको !”
साँझ अबेर घर आयो सुर्मे, रक्सी पिएर आएको अनुमान गरे बाले । बोलाएर सोधे, ए सुर्मे यता आइज । तँसँग एउटा सल्लाह गर्नु छ ।
आएन, परैबाट भन्यो, ‘भन्नु न के हो ?’
‘कामबाट आउँदा घरमा यसो चिया दिने मान्छे पनि भएन । अब तेरो बिहे गर्नुपर्छ ।’
उसले नाइँनास्ति केही गरेन र दुई प्रश्न सोधिहाल्यो, ‘कोसँग गर्नु बिहे ? केटी हेर्नुभाछ ?’
बुढीलाई खुसुक्क भने, “सुनिस् होला नि ! यो लठुवा त स्वास्नी नभेट्टार पो छट्पटाइराको रछ !”

‘सर्पेटारको दोकानी चन्द्रराजकी छोरी छ, बच्चे । बिहे गर्ने बेला पनि भकी छ । गर्छस् ?
कुरा गर्नु न त ।’
सधैँ हान्ने राँगो जस्तो गर्ने सुर्मे अचानक लज्जावती झार जस्तो भयो, यहीँ पग्लिहाल्छ कि जस्तो ।
“स्वास्नी नपाएर पो यसको सिङ ठडिएका रछन् ।”
चन्द्रराजसँग कुरा भयो । जग्गा जमिन थुप्रै देखेर छोरी भोकै मर्दिन भनेर होला दिने भए । गाउँभरि ल्वाङ,सुकुमेल र सुपारीका टुक्रा वितरण गर्ने जिम्मा मलाई आयो । केही महिनापछि बिहे भयो बच्ची र सुर्मेको । बच्ची जम्मा १५ वर्षकी, सुर्मे १९ पुगिसकेको मशुर तिघ्रे, साँढेजस्तै । अहिले भएको भए बालविवाहको मुद्दा लाग्ने ।
“देखिस् बुढी यो लठुवा स्वास्नी भेटेपछि कसरी सुध्रियो ?” केही महिना सुर्मे गजब अनुशासित देखियो । त्यसपछि फेरि पारा उही । घर नआउने, आए पनि धेरै ढिलो । टन्न रक्सी धोकेर । रक्सी नै धोक्नुपर्ने उसको रहर बाहेक कुनै कारण थिएन । न कुनै तनाव, न थेग्नै नसक्ने जिम्मेवारी । असल बाउआमा, साना भाइबहिनी, बहिनीकै उमेरकी मायालु श्रीमती ।
तैपनि ऊ दैनिक जसो मातेर आउने, बिनाकारण निहुँ खोज्ने, कलिली स्वास्नीलाई मुक्याउने पो गर्न थाल्यो । बाउआमालाई बुहारी जोगाउन हैरान ।
सुर्मा अचानक दिनहुँ बेसुरमा घर आउन थाल्यो । कयौँपटक अचेत भएर ढलेको खबर आउँथ्यो । बाआमा आजित भए । कति खप्नु यो लठुवाको तनाव । अब यसलाई छुट्याइदिनुपर्छ भनी सोच्न थाले बाउआमाले ।
२ वर्षपछि छोरीको बिहे गरिदिए । ५ वर्षपछि कान्छो छोराको बिहे भयो जो शिक्षक छ गाउँकै विद्यालयमा ।
एक दिन सुर्मा सुरमा भएको बेला बाले भने, “अब तेरो अत्याचार खप्न सक्दैनौँ । तँ छुट्टिएर बस् ।” उसले नाइँनास्ति केही गरेन । बुहारीलाई पटक्कै मन थिएन छुट्टिएर बस्न ।
भरे भनिन्, “नछुट्याइदिनुस् बुबा । मलाई मार्नुहुन्छ होला ।”
यो सुध्रिएला कि भनेर हो । हामी यहीँ हुन्छौँ नि । चिन्ता नगर ।
अलि मुनि यौटा घर बनाएर छुट्याइदिए । सुर्मे सुध्रिनुको सट्टा झनै रक्सी पिउन थाल्यो । अर्को वर्ष कान्छी बुहारीले नाति जन्माई । बिहे गरेको ६ वर्षसम्म पनि सुर्मेको बच्चा जन्मिएन । गाउँमा चासो हुन थाल्यो ।
पानी भर्न जाँदा सोध्थे, ‘तिमीले किन बच्चा नपाकी हो यत्रो वर्ष ?’
बच्चे भन्थी, ‘खै ! भको छैन किन हो ।’
‘धेरै रक्सी धोक्नेको नसोले काम गर्दैन रे !’ हा हा हा‘
‘कि बच्चै नहुने छ कि !’
बच्चेलाई पानीपँधेरो जान पनि लाज लाग्न थालिसकेको थियो । माइती जाँदा पनि उही कुरा सोधिन्थ्यो । ऊ माइती जान पनि छोडी । सधैँ सोध्छन् के जवाफ दिनु !
बच्चा जन्माउन कोसिस नगरेको पनि हैन तर बच्चा कहिल्यै बसेन । बाँझी आइमाई भन्दै सुर्मे बच्चीलाई बेस्सरी पिट्थ्यो । अर्की ल्याउँछु भन्दै अनेक अपशब्द बोल्थ्यो, अगाडि जे छ त्यसैले प्रहार गर्थ्यो । ऊ भागेर रुँदै सासू–ससुराकहाँ पुग्थी । एक पटक हैन कयौँ पटक । बाआमा समेत लाचार जस्ता भैसकेका थिए ।
पहिले सुर्मे मर्ला भन्ने पिर, अहिले बुहारीलाई मार्ला भन्ने पिर ।
गाउँमा जसले जस्ता सुकै काम लगाए पनि गर्थ्यो सुर्मे । दुईचार रुपियाँ पाउनासाथै रक्सी धोक्न दौडिहाल्थ्यो । बेसुर हुने गरी पिउँथ्यो । उसलाई रक्सी पिउन जित्ने मान्छे भेटिन छोडे गाउँमा ।
एक दिन बा र भाइले सुरमै भएको बेला सुर्मे र बच्ची(बुहारी) दुबैलाई स्वास्थ्य चौकी लिएर गए । भित्र पसे, बेन्चमा बसे । केही क्षणमा डाक्टर आए, सोधे, ‘के थियो तपाईँहरूको ?’
सुर्मे आफैँ बोल्यो, ‘बच्चा नभएको डाक्टरसाप् । दबाई दिनुप¥यो ।’
‘कति भो बिहे भको ?’
‘६ वर्ष ।’
‘ए । हेर्नुस् त्यसै दबाई दिएर बच्चा हुने होइन । यो कुराको विस्तृत परीक्षण यहाँ हुँदैन । जिल्ला जानुपर्छ ।’
उनीहरू अन्योलमा परे । सुर्मेलाई तनाव भएर फेरि रक्सी धोक्न मन लागिसकेको थियो ।
बाहिर निस्किए । नजिकैबाट कसैले बोलायो, ‘ओए सुर्मे, किन आइस् स्वास्थ्य चौकी ?’(सुदर्शन रहेछ ।)
‘ए काका पनि आउनुभको रछ ।’
सुर्मे – ‘सामान्य सोधपुछ गर्न आएको ।’
‘बच्चा नभएर हो कि के हो ? बुहारी पनि छिन् त ?’
‘हो ।’
‘कहाँ हुन्छ त मुला तेरो बच्चा ?’
‘किन ?’
‘उहिले नसा छिनाको हैन तैँले २ सएमा ?’
‘कहाँ छिनाएँ ? जेसुकै नबोल् है सुदे (सुदर्शन) ।’
‘लौ त्यहाँ त्रिपुरेश्वरी हाई स्कुलमा परिवार नियोजन टोली आउँदा तँ गको हैनस् ?’
‘जेपायो त्यै नबोल् है ।’
‘अलि पर्तिर जौँ काका ! म भन्दिन्छु खास कुरा ।’
अलि पर सिरिसको रुखमुनि फलैँचामा बसे ।
सुदर्शन – ‘सुन्नुस् काका । यसको बिहे भको केही महिना मात्रै भको थ्यो । त्यहाँ हाई स्कुलमा टोली आको थियो । खसी पार्नेलाई २ सय पनि दिने भनेर । हामी हेर्न गकाथ्यौँ । यो सुर्मे मातेर हल्लिँदै आयो । उसकै जँड्याहा साथीहरूले २ सय दिन्छ रे नसो काट्छस् भनेर सोधे । यसलाई रक्सी धोक्ने पैसा चाहिएको थियो । २ सए सुनेपछि लुसुक्कै भित्र गइहाल्यो । बाहिर आएर २ वटा हरिया नोट समातेर खुशी हुँदै हिँडेको हो यो । अनि कहाँबाट हुन्छ त बच्चा !’
सबै छाँगाबाट खसेझैँ भए । बच्ची नराम्ररी बिथोलिई । बच्चा नपाएको भनेर सधैँ पिटेको सम्झिई होला ।
सुर्मे अझै पत्याइरहेको थिएन तर वास्तविकता त्यही थियो । बेसुरमा उसले रु २ सय मात्र सम्झियो जसले उसको धित मर्ने गरी रक्सी आउँथ्यो ।
त्यही बेला स्थायी बन्ध्याकरण भैसकेको रहेछ । बच्चा नपाएको भनेर श्रीमतीलाई सधैँ नराम्ररी गाली गरिरह्यो, पिटिरह्यो, सताइरह्यो उसले ।
अहिले सुर्मे ६५ पुगेको छ, बच्ची पनि बुढी भई । अनुहार डढेजस्तो भएको छ, शरीर सुकिसकेको छ । सायद उसले खाने पालो रक्सीलाई दिएको होला । पिउन छोडेको छैन तर झगडा गर्दैन । गाउँमा कसैले गन्दैनन् उसलाई । साना केटाकेटीले पनि हेप्छन् । बा बितिसके, आमा ९० पुगिन् । त्यै सुर्मेकै चिन्ता गरिरहन्छिन् । भाइका नै नाति भैसके तर सुर्मे अपुत्रो छ । बच्ची एकोहोरिरहन्छे । उनीहरूबीच लगभग बोलचाल छैन ।
हिजो मैले भेटेँ उसलाई । मातेकै थियो । सोधेँ, ‘ओए सुर्मे, त्यो सुनकोसीमा बगेको पानी जति त तैँले रक्सी नै खाइस् होला है ?’
ऊ बोलेन । आजकल पिउँछ मात्र, बोल्दैन रे !
२ सयले घाँटी भिजायो, पेट भर्यो सुर्मेले । तर बच्चीको पेट सधैँ खाली नै रह्यो । बच्चीले न सँगीको कटाक्षको जवाफ दिन सकी न त माइतीलाई कोखको कोसेली नै । बस् सुर्मेको पिटाइ सहिरही, आजीवन रित्तै भइरही ।
न त कोख भरियो, न त जीवन हरियो,
न त आमा बन्न सकी, न माइतीलाई भन्न सकी,
बस् आँसु पिइरही, भाग्यलाई दोष दिइरही ।(साहित्यपोष्ट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?