Butwal Today

एकसातामा शेयरबजारमा १५ अर्व बढीको कारोबार

२ चैत्र २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं, २ चैत ।

यो साता सेयरबजारमा १५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सार्वजनिक विदा परेको यो सातामा ४ दिनमात्र कारोबार भएको थियो।

सातामा आइतबार, मंगलबार नेप्से बढे पनि बुधबार र बिहीबार भने घटेको थियो। २ दिन बढेको र २ दिन घटेको साता नेप्से ५०।३६ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनप्रति लगानीकर्ताले भरोसा देखाउँदा कारोबार रकम बढेको छ। गत साता १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँको कारोबार भएकोमा यो साता कारोबार रकम झण्डै २ अर्बले बढेको छ।

 

कुन दिनको कारोबार कस्तो

आइतबार
सेयरबजार परिसूचक २२।१० अंकले बढेको थियो। साताको पहिलो कारोबार दिन नेप्से उक्त अंकले बढेर २०५२।६५ विन्दुमा पुगेको थियो।

२ अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएको दिन ७० लाख कित्ता मात्र बिक्री भएको थियो। आइतबार १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटाको घटेको तथा चारवटाको मूल्यमा कुनै परिवर्तन भएको थिएन।

उक्त दिन विन लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको थियो। अन्य कम्पनीको सेयर ८।७२ प्रतिशतसम्म मात्र बढेको थियो।

गुमाउने लगानीकर्ताले सो दिन ७।०६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका थिए। सो दिन शिवम् सिमेन्टको २२ करोडको सर्वाधिक कारोबार भएको थियो।

सोमबार सार्वजनिक विदाको कारण कारोबार भएन।

मंगलबार
गत मंगलबार भने बजार परिसूचक नेप्से ५८।५८ अंकले बढेर २१११।२४ विन्दुमा पुगेको थियो। सो दिन कारोबार रकम पनि ४ अर्ब ५५ करोड रुपैयाँबराबरको भएको थियो।

कुल १ करोड ६ लाख कित्ता सेयर बिक्री भएको दिन २२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटाको घटेको र चारवटाको उही मूल्यमा कारोबार भएको थियो।

बुधबार
बुधबार सेयरबजारमा सूचक २।४८ अंकले घटे पनि ४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो।

उक्त दिन १ करोड ८ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको थियो। योसँगै ९४ कम्पनीको सेयर मूल्य बढेको, १३३ वटाको घटेको र १६ वटाको उही मूल्यमा कारोबार भएको थियो।

बिहीबार
साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ओरालो लागेर बन्द भएको थियो। उक्त दिन २७।८४ अंकले घटेपछि बजार फेरि २ हजार विन्दुमा झरेको थियो।

नेप्से १।३२ प्रतिशतले घटेको दिन ३ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। १ करोड १४ लाख कित्ता सेयर बिक्री भएको दिन बजारमा ४४ वटा कम्पनीको मूल्य बढे पनि १९६ वटाको घटेको र ४ वटाको उही मूल्यमा कारोबार भएको थियो।