Butwal Today

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

२ चैत्र २०८०, शुक्रबार
अ+
अ-

काठमाण्डौ —

नेपाली बजारमा सुनको भाउ आज ९शुक्रवार० तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलाको एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । आज चाँदीको भाउ स्थिर रहँदै हिजो जस्तै एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।