ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

महिला भलिबलमा एभरेष्टको फड्को

नेपालका विभाग र राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरू पुनम चन्द, सरस्वती कट्टेल, सुस्मिता क्षेत्री, भावना डागी, तिला चौधरी एभरेस्ट कै उत्पादन हो ।
२ चैत्र २०८०, शुक्रबार
२ चैत्र २०८०, शुक्रबार

बुटवल, २ चैत । नेपाल भलिबल संघको क्यालेन्डर अनुसार प्रत्येक वर्ष काठमाण्डौमा आयोजना हुने क्लब च्याम्पियनसिप र लिग प्रतियोगितामा रूपन्देहीको महिला टिमको प्रतिनिधित्व हुदै आएको छ । भलिबलको स्तर मापन गर्ने रूपमा लिईने यो प्रतियोगितामा एभरेष्ट भलिबल क्लबको छात्रा टिमको राम्रो प्रदर्शन हुदै आएको छ । नेपाल भलिबल संघको आयोजनामा चैत ३–१० गतेसम्म हुने आठौ आरबिबि–एनबिए मेन्स/वुमन्स भलिबल च्याम्पियनसिप २०८० मा चौथौ पटक सहभागी हुदै गर्दा यो टिम उपाधि चुम्ने दाउमा तयारी गरेको छ ।

सबैभन्दा पहिलो पटक पाचौ संस्करणमा पश्चिमान्चल टिमको नाममा प्रतिनिधित्व गरेको टिम पछिल्लो आठौ संस्करणसम्म आईपुग्दा परिपक्व भएको प्रशिक्षक अर्जुन घिमिरेले बताउछन । यो टिम छैटौमा चौथो, सातौमा पाचौ स्थान हासिल गरेको थियो । नेपालको राष्ट्रिय टिमको क्याप्टेन अरूणा शाही, ३ जना विदेशी खेलाडीसहित उत्रने यसपटक लुम्बिनी प्रदेश टिमको प्रतिनिधित्व गर्दै एभरेष्ट भलिबल क्लब बलियो भएको उनी बताउछन । भारतको राष्ट्रिय टिमका ३ जना खेलाडीहरू जिन्सी जोन्सन, सुर्या एस, केपि अनुश्रीसहित युवा खेलाडीहरू निसा चौधरी, आरती चौधरी, अनुषा चौधरी, मिना सुनार, प्रमिला जिसि, रिचा थापा, रितु पुन, रुचि थापा टिममा रहदा उपाधिमा दाबेदाबी रहेको प्रशिक्षक घिमिरेले बताए । ‘अनुभवि र युवा खेलाडी टिममा रहेका कारण उपाधिमा दाबेदारी रहेको छ ।’—उनले भने ।

यसैगरि टिम म्यानेजर हरिस ओली, सहायक प्रशिक्षक सुनिता गौतम, कपिल जिसि, फिजिसियन मुकेश कुवर रहेका छन । प्रतियोगितामा ३ वटा विभागिय टिमहरू, चन्द्रागिरि न्यु डाईमण्ड, एभरेष्ट भलिबल क्लब, कर्णाली प्रदेश र मधेस प्रदेश टिम बिच खेल हुने छ ।

तीन तहकै सरकारको आश
खेल र खेलाडीको विकासमा नीजि विद्यालयबाट नै लगानी महत्वपूर्ण छ । अझ महिला भलिबलमा एभरेस्ट ईगलिस बोर्डिङ स्कुलको एक दशकदेखीको लगानी रहेको छ । विद्यालयमा छात्राहरूलाई छात्राबास, अध्ययनका लागि आवश्यक सबै सहयोगसहित नियमित तालिमकै कारण महिला भलिबल खेलाडीमा निखार आएको पाउछौ । विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीहरूमा रहेको प्रतिभालाई खोजी उनिहरूकै रुचि अनुसार खेलकुदमा अघि बढाउदै आएको बताए । ‘हामीले उत्पादन गरेको खेलाडीहरू नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिमसम्म पुगेको छ ।’—उनले भने ।

नेपालमा पोखरामा ज्ञानुबाबा, फिसटेल र टप्स स्कुलबाट भलिबल प्रशिक्षणको अभ्यास शुरु भएको पाउछौ । यसैगरि काठमाडौंको न्यु डाईमण्ड स्कुल विगत २५ वर्षदेखि छात्राबास संचालन गरेर खेलाडी उत्पादनमा योगदान दिदै आएको छ । यता रूपन्देहीमा भने एभरेष्टले एक दशकदेखि निरन्तर एकेडेमी चलाएको छ । जहाबाट दुई दर्जन खेलाडीहरू उत्पादन भएर विभागिय र राष्ट्रिय टिमबाट खेलिरहेका छन । हाल विभाग र राष्ट्रिय टिममा रहेका खेलाडीहरू पुनम चन्द, सरस्वती कट्टेल, सुस्मिता क्षेत्री, भावना डागी, तिला चौधरी एभरेष्ट कै उत्पादन हो । एउटा नीजि बिद्यालयबाट खेलको विकासमा वार्षिक २० लाख रूपैया बढी खर्च गरेको छ ।

भलिबल खेलमा खेलाडीको उचाई महत्वपूर्ण मानिन्छ । प्रशिक्षक घिमिरेले भलिबल खेलका लागि उपयुक्त अग्लो कद भएका खेलाडी गाउगाउबाट खोज्ने गर्छन । काचो माटोका रूपमा रहेका युवाहरूलाई नियमित अभ्यासबाट परिपक्क खेलाडी तयार गर्ने उनले एभरेष्टमा गर्छन । ‘स्किल सिकाउने काम हामी गछौ ।’—उनले भने । खेलाडी टिममा टिकाईराख्न कठिनाई भएको उनी बताउछन । खेलाडी तयार गरेपछि उत्पादन भएका खेलाडी विभागिय टिममा जाने र फेरि अर्को वर्ष उत्पादन गर्नुपर्न चुनौती रहेको उनले बताए । सरकारको लगानी पर्याप्त भए नेपालको राष्ट्रिय टिम नै लुम्बिनी प्रदेशबाट बनाउन सकिने सम्भावना रहेको उनले बताए ।

अन्य क्षेत्रहरूमा भलिबलको खेल विकासमा बजेट बिनियोजन गरेपनि यस क्षेत्रमा भने यसतर्फ सरकारको ध्यान नगएको उनको दुखेसो छ । नेपाल भलिबल संघले क्लब च्याम्पियनबाट उत्कृष्ट महिला/पुरुषको छैटौ/आठौ स्थानमा आउने टिमलाई लिग चरणमा छनौट गरि राष्ट्रिय लिग प्रतियोगिता गराउछ । यसमा टिमलाई थोरै भए आर्थिक सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?