ट्रेंडिंग:

>> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’

बजार खोज्दै ‘थाकल कोशेली’

महिला उद्यमी समूहले जंगलमा खेरा गैरहेको बस्तु संकलन गरी थाकलको पात बाट आकर्षक रूपमा टोपी, झोला, फुलदानी लगायतका सामग्री बनाएका छन् भने सालको पातबाट टपरी, बौता समेत बनाएका छन् । यसको अलवामा ज्योति महिला उद्यमी एकल महिला लक्ष्मीनगरको समूहले उत्पादन गरेको मस्यौरा समेत बिक्रीको लागि राखीएको छ ।
२ चैत्र २०८०, शुक्रबार
२ चैत्र २०८०, शुक्रबार

बुटवल, २ चैत । केही बर्ष पहिला बुटवल उपमहानगरपालिकाले तालिम आयोजना ग¥यो । जंगलमा सहज रूपमा पाईने थाकलबाट विभिन्न सामग्री बनाउने बिक्री गर्ने । सोही अनुसार महिला समूह तयार भए । तालिम समेत आयोजना भयो । थाकलका विभिन्न सजावटका सामग्री सहित टोपी, झोला, फुलदानी, टोकरी लगायतका सामग्री समेत नियमित उत्पादन हुन थाले ।

सात वटा समूह मार्फत ३५ जना भन्दा बढि महिलाहरू समावेश भएर सुरुवात भएको ‘लघु उद्यमी महिला समूह’ ले उत्पादित सामग्रीको लागि बजार खोजिरहेको थियो । बुटवल उद्योग बाणिज्य संघमा संघकै पहलामा कोशेली घर स्थापना भएपछि महिलाहरूले उत्पादन गरेको थाकलका विभिन्न सामग्री, मस्यौरा, झिनिया रोटी सहित विभिन्न उपहार दिने, सजावटका सामग्री, जुत्ता चप्पल समेत त्यहाँ राखियो ।
लघु उद्यमी महिला समुहका संयोजक निर्जला अधिकारीथापाका अनुसार उत्पादन भएको सामग्रीको बजार विस्तारमा भने समस्या भएको छ । समूहमा महिलाहरूले लगानी लगाएर उत्पादन गरेको सामग्री अहिले सम्म उत्साहजनक रूपमा बिक्री नहुँदा महिला समूहका उद्यमी महिलाहरू पनि निरास भएको संयोजक अधिकारीको भनाइ छ ।

२०८० साल असोज ८ गते बुटवल उद्योग बाणिज्य संघले कोशेली घरको उद्घाटन गरेर त्यहाँ महिलाहरूले उत्पादन गरेका विभिन्न बस्तु राखिएका छन् । जसको लागि उद्योग बाणिज्य संघले आफ्नो कार्यालय परिषरमा रहेको संरचना निःशुल्क रूपमा उपलब्ध गराएको छ । महिला उद्यमी समूहले जंगलमा खेरा गैरहेको बस्तु संकलन गरी थाकलको पात बाट आर्कषक रूपमा टोपी, झोला, फुलदानी लगायतका सामग्री बनाएका छन् । भने सालको पातबाट टपरी, बौता समेत बनाएका छन् । यसको अलवामा ज्योति महिला उद्यमी एकल महिला लक्ष्मीनगरको समुहले उत्पादन गरेको मस्यौरा समेत बिक्रीको लागि राखीएको छ ।

बुटवल उपमहानरपालिकाले महिला उद्यमी उत्पादन र प्रवद्र्धनको लागि तालिम प्रदान गरेर उद्यमीकरण बनाउन खोजेको भएपनि उचित स्थान (विक्री कक्ष) आउटलेट नदिएको कारण समस्या भएको समुहका संयोजक निर्जला अधिकारीको भनाई छ । उनी भन्छिन्–‘यहाँ कोशेली घर छ, तर नगरपालिकाको स्वामित्वमा रहेका सटरहरू छन्, त्यहाँ हामीलाई स्थान दिन प¥यो, एउटा कार्यालय भित्र रहेको कोशेली घरमा राखीएका सामानको आशातित रूपमा बिक्री भएन ।’

बुटवल उपमहानरपालिका, बुटवल उद्योग बाणिज्य संघ जस्ता अन्य व्यवसायीक संघ संस्थाहरूले कार्यक्रम आयोजना गर्दा, मायाँको चिनो प्रदान गर्दा या अन्य सभा समारोहमा महिला उद्यमीहरूले निर्माण गरेका सामग्री प्रयोग गरिदिएर सहयोग गर्नुपर्ने उनीहरूको तर्क छ । यसको लागि नगरपालिकाले बाहिरका सामग्री भन्दा पनि महिलाहरूले उत्पादन गरेका विभिन्न सामग्री उपहारको रूपमा, मायाको चिनोको रूपमा, दिने गर्ने हो भने महिला उद्यमी प्रवद्र्धन हुने समेत माग महिला लघु उद्यमीको छ ।
उत्पादन भएको सामग्री बिक्री नभएको कारण ६ महिनामा अन्य उत्पादनमा समेत जोड दिन सक्ने अवस्था नरहेको महिला उद्यमी समूहले जनाएको हो । समूहका महिलाहरूले मिलेर आर्थिक संकलन गरी विभिन्न स्रोत साधनको प्रयोग गरी विभिन्न बस्तु उत्पादन गर्दै आएका हुन्छ । तर सामाग्री विक्रि बाट लागानी गरिएको रकमको ब्याज समेत नउठ्ने अवस्था आएको भन्दै उनीहरू निराश बनेका छन् ।

लघु उद्यमी समूहले निर्माण गरेका सामग्री हरू न्युनतम २ सय रूपैयाँ देखि ११ सय रूपैयाँ सम्मका रहेका छन् । उनीहरूले थाकलको पात लाई बुनेर आर्कषक बुट्टा भरेर , बाहिरबाट पोलीस(कलर) गरेर दिगो पना दिएका छन् । जसबाट निर्माण भएका बस्तुहरू लामो समय सम्म टिक्ने गर्दछन् । महिला उद्यमी समूहले हालसम्म १ लाख रूपैयाँ भन्दा बढि लगानी गरेको छ । तर ६ महिनाको अवधीमा मात्रै ४ देखि ५ हजार रूपैयाँको मात्रै सामान विक्रि भएको छ । उत्पादन भएपनि बजारीकरण र प्रसार प्रसार नहुँदा सामग्री विक्री नभएको उनीहरू बताउँछन् ।
मेहेनती मस्यौरा लघु उद्यमी समूह, ज्योति महिला उद्यमी एकल महिला समुह लक्ष्मीनगर, दुर्गानगर थाकल सामग्री लघु उद्यमी समुह लगायतका ७ वटा समुहले एकिकृत रूपमा ‘लघु उद्यमी महिला समुह’ निर्माण गरी सामग्री उत्पादन, विक्री वितरण तथा बजारीकरण गर्दै आएका छन् । विभिन्न व्यवसायीक संघ संस्था, स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समेत महिला उद्यमीहरूको सामग्री विक्रि प्रर्वद्धनको लागि ठोस पहल नगरेको कारण समस्यामा रहेको उनीहरूको गुनासो छ ।

यता, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले कोशेली घर कोशेली घर स्थापनापछि एउटा सन्देश प्रवाह भएको भन्दै यसले प्रसार प्रसारमा महŒवपूर्ण भूमिका खेलेको बताए । उनले कोशेली घरमा उद्योग बाणिज्य संघले निरन्तररूपमा प्रवद्र्धनात्मक कार्यक्रम गरेको जानकारी दिँदै यसको लागि थप के गर्न सकिन्छ भन्ने विषयमा छलफल जरुरी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?