ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गोरक्षपात्र देवता सिद्धरत्ननाथको देबीपाट्न महायात्राको तयारी तीब्र

२ चैत्र २०८०, शुक्रबार
२ चैत्र २०८०, शुक्रबार

दाङ,२ चैत ।

गोरक्षपात्र देबता सिद्धरत्ननाथ दाङ देबिपाट महायात्राको तयारी तीब्र बन्दै गएको छ । माहायात्राको समय नजिकिदै गर्दा यात्रालाई भब्य र ब्यबस्थित बनाउन बिभिन्न उपसमितिको कार्य प्रगतिको बिषयमा समीक्षा गरिएको छ ।

महायात्रा मूल समितिका संयोजक महन्त सुरतनाथ योगीको अध्यक्षतामा बसेको बैठकमा उपसमितिका संयोजकहरुले हाल सम्मको प्रगति बिबरणको बारेमा अबगत गराएका थिए । बैठकले यात्रा प्रस्थानको तालिका सार्बजनिक गरेको छ भने साथै थप एक उपसमिति गठन गरेको छ । तालिका अनुसार अप्रिल पाँच तारिख अर्थात चैत्र २३ गते साझ शुक्रबार दाङ घोराहीको सिद्धरत्ननाथ मठ चौघेराबाट बिशेष तामझामका साथ रथयात्रासहित महायात्राको प्रस्थान शुरु हुनेछ ।

चौघेराबाट शुरु भएको यात्रा घोराही उपमहानगरपालिका अन्तर्गत पर्ने चौपट्टामा केही समय पुजा आरधना र बिश्रामपछि लमहीका लागि प्रस्थान गर्ने छ । २३ गते देखि २७ गतेसम्म पाँच दिन गोरक्षपात्रदेबतासहितको यात्राको टोलीले लमही नगरपालिका ६ देउपुर गोरक्षधामममा पााचदिनको बसाई हुने छ । सो अबसरमा देउपुरमा पाच दिन सम्म बिभिन्नआध्यातमिक तथा सांस्कृतिक भजन कृतन कार्यक्रम हुने छ ।

त्यस्तै २८ गते देउपुरबाट कोइलाबासको लागि यात्रा प्रस्थान हुने छ । साबिकको पुराना बिश्राम स्थलजमुनीबासमा एकछिनको बिश्राम पछि साझ कोईलाबासमा एक रात बिश्राम पछि, चैत २९ बिहान ४ बजे कोईलबासबाट भारतको जनकपुरको लागी यात्राको प्रस्थान हुने छ । २९ र ३० गते जनकपुरमा बिश्राम हुने छ । बैशाख १गते पंचमी तिथि शनिबारका दिन जनकपुरबाट देबिपाटनका लागी बिशेष तामझाम सहित गोरक्षपात्रदेबताको रथयात्रा सहितको महायात्रा प्रस्थानहुने छ ।

नयाँ बर्ष २०८१ बैशाख १ गते बिहान ९ बजेसम्म देबिपाट पुगिने कार्यतालिका रहेको छ भने बैशाख ६ गतेसम्म देबिपाटको बसाईपछि ६गतेको रात्रिकालिन समयमा देबिपाटबाट पुन रत्ननाथ मन्दीर चौघेराको लागि फिर्ती हुने कार्यक्रम रहेको छ । सात गते पुनः रत्ननाथ मन्दिर चौघेरामा पात्रदेबतासहितको टोली आईपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने मुलआयोजक समितिका सदस्य सचिव डा गोबिन्द आचार्यले जानकारी दिएका छन् ।

त्यसैगरी बैठकले डा भोलानाथ योगिको संयोजकत्वमा ज्ञानमंच उपसमिति गठन गरेको छ । जसको अन्य सदस्यहरुमा नागरिक समाजका सयोजक निमबहादुर थापा , जागेश्वर घिमिरे, दामोदर पान्डेय, योगमाया शाही, सोलोचना गिरी र बिन्तीराम यादबलाई सदस्यमा मनोनयन गरेको छ । लामो ईतिहास बोकेको दाङ देबिपाटन यात्राको बिषयमा आम जनमानसलाई जानकारी गराई गोरक्षपात्रदेबता रत्ननाथमन्दीरलाई आन्तरिक तथा बाहयपर्यटकिय गन्तब्य स्थलको रुपमा अघि बढाउने उदेश्यले लुम्बिनी प्रदेश सकारको बिशेष सहयोगमा यो बर्ष रत्ननाथ मन्दीर घोराही चौघेरा देखि देबिपाटनसम्म बर्षेनी पात्रदेबता लगेर जाने पुरानो परम्परालाई यो र्ष उत्सबको रपमा मनाउन थालिएको छ । त्यसका लागी जिल्ला प्रदेश र नेपालभारत बिचका पत्रकारहरुसग निकट भबिश्यमै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?