ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मन्त्री महासेठ भन्छन् : बुटवल–नारायणगढ सडकको सास्ती छिट्टै हट्छ

२ चैत्र २०८०, शुक्रबार
२ चैत्र २०८०, शुक्रबार

बुटवल, २ चैत ।

उपप्रधान, भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवल नारायणगढ सडकको सास्ती छिटै हट्ने बताएका छन् ।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको शुक्रबार बुटवलमा उद्घाटन गर्दै मन्त्री महासेठले केही आयोजना समयमा पुरा नहुँदा सबैभन्दा बढी आलोचना सुन्नु परेको भन्दै अब त्यस्ता आलोचनाहरु सुन्नु नपर्ने गरी काम गर्ने बताए ।

“अहिले सम्म देखा परेका बाधा ब्यवधानहरु समेत समाधान भएर बुटवल–नारायणगढ सडक निर्माणको गति तीव्रताका साथ अगाडि बढेको छ, अव रोकिदैन”– महासेठले भने ।

मन्त्री महासेठले लुम्बिनीको मात्र नभएर मुलुककै अर्को महत्वपूर्ण परियोजना सिद्धवावा सुरुङमार्गको काम समेत तीव्र रुपमा अगाडि बढेकोले २०८३ चैत भित्रै सम्पन्न हुने बताए । “सिद्धबाबा सुरुङ्गमार्गको काममा कुनै समस्या छैन र हरसम्भव छिटो काम सम्पन्न हुने बिश्वास दिलाउन चाहन्छु”–उनले भने ।

मन्त्री महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकको निर्माणको काम पनि अब छिट्टै नै अगाडि बढ्ने बताउनुभयो । “अहिले बुटवल–गोरुसिंगे चन्द्रौटा सडकको निर्माणको लागि टेण्डर आह्वान भईसकेको छ त्यसको पनि छिट्टै ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाउँछौं”, मन्त्री महासेठले भने ।

मन्त्री महासेठले बुटवल–नारायणगढ सडकमा भएको सिकाईले बुटवल–गोरुसिंगे चन्द्रौटा सडकमा त्यस्तो समस्या आउन नदिने बताए । “बुटवल–नारायणगढ सडक निर्माणमा देखिएको समस्याबाट पाठ सिकेर बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकमा त्यो समस्या दोहोरिन दिने छैनौं”– उनले भने।

मन्त्री महासेठले निर्माण आयोजनाको गुणस्तरमा सम्झौता नहुने गरी अगाडि बढ्ने बताए ।

मन्त्री महासेठले बुटवल–बेलहिया सडक र भैरहवा लुम्विनी सडकमा अलपत्र पारेका पुलहरुको निर्माण सम्पन्न गर्न पनि निर्देशन दिईसकेको बताए । बुटवलबाट पोखरासम्म डवल लेन डेडिकेटेड सडकको निर्माण कार्यलाई यथासम्भव छिटो श्रोत ब्यवस्थापन गरेर अगाडी बढाउने उनले बताए ।

मन्त्री महासेठले नागढुंगा सुरुङ मार्गको ब्रेक थ्रुरु हुने बेला भएको बताए । “सुरुङको दुईतर्फको भाग जोडिन ७ दिन काम गर्नुपर्ने हुन्छ, सुरुङ जोडिनै लाग्दा स्थानीयले बिभिन्न माग राखेर आन्दोलन गरिरहेकोले ढिलाइ भएको छ, स्थानीयका केही मागहरु पुरा भईसकेका छन् भने सम्भव हुने मागहरु छिट्टै नै पहल गरेर पुरा गर्ने छौं”, मन्त्री महासेठले भने ।

मन्त्री महासेठले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भईरहेको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको हुन पुर्ण सफलताको शुभकामना दिए ।

उनले रोटरीले मानवीय सेवा कार्यमा बिश्वभरी नै गरेको सहयोग अनुकरणीय रहेको उल्लेख गर्दै नेपालमा रोटरी क्लव स्थापना भएयता सामाजिक क्षेत्रमा गरेको निरन्तरको सहकार्य र सहयोग निकै प्रशंसनीय रहेको बताए ।

कोभिड १९ को महामारी र भुकम्पको बेला रोटरी डिष्ट्रिक ३२९२ र यसमा आवद्ध क्लवहरुले देखाएको सक्रियता, सहकार्य र आर्थिक सहयोग प्रशंसनीय रहेको उनले बताए ।

मन्त्री महासेठले पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएपनि सरकारले गरेका कतिपय कामहरुको बारेमा जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निराशाजस्तो देखिएको बताए ।

उनले सरकार मुलकुको समृद्धीको एकल लक्ष्य लिएर अगाडि बढेको उल्लेख गर्दै सरकारको यो अभियानमा रोटरी क्लव लगायतका अन्तर्राष्ट्रिय स्तरका संस्थाहरुले बिगतमा गरेका सहकार्यहरुलाई अझै बढाउदै लैजान जरुरी रहेको बताए।

तीन दिन सम्म चल्ने रोटरी डिष्ट्रिक कन्फ्रेन्समा डिष्ट्रिक अन्तर्गत १५६ क्लबका १ हजार ७ सय बढी सदस्य सहभागी रहेको कन्फ्रेन्स चेयर एजाज आलमले जानकारी दिए ।

रोटरी डिष्ट्रीक ३२९२ नेपाल भुटानका गभर्नर राजेन्द्र ध्वजुले कन्फ्रेन्समा रोटरीले संचालन गरेका परियोजना, ती परियोजनाले समुदायमा पारेको प्रभाव तथा आगामी दिनमा समुदायका लागि आवश्यक परियोजनाका बारेमा छलफल हुने जानकारी दिए ।

सम्मेलनमा लुम्बिनी प्रदेशका पुर्व मन्त्रीहरु भोजप्रसाद श्रेष्ठ,बिष्णु प्रसाद पन्थी लगायतले बोल्दै रोटरीले समुदायका लागि गरेको लगानीको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?