Butwal Today

एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित

१ चैत्र २०८०, बिहीबार
अ+
अ-

रोल्पा, १ चैत ।

नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत वुढामगर निर्वाचित भएका छन् । पार्टीको वुधवार राति अवेर घोषित मत परिणाम अनुसार अत्यासी घनश्याम आचार्यलाई ८३ मतान्तरले पराजित गर्दै वुढामगर अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचत अध्यक्ष वुढामगरले १९५ मत प्राप्त गर्दा उनको प्रत्यासी घनश्याम आचार्यले ११२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा विजयकुमार घर्तीमगर निर्विरोध निर्वाचित भएका थिए । सचिव पदमा नेपवहादुर थापाले १८२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी ठाकुर वलीको पक्षमा ११२ मत प्राप्त गरेका थिए । खुला उपसचिवमा वमवहादुर पुनमगर विजयी भएका छन् । पुनमगरले १७२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रेमराज वुढामगरले ८० मत प्राप्त गरेका थिए । महिला उपसचिवमा रमित डाँगी विजयी भएकी छन् । डाँगीले २०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्णी गौतमले ६१ मत र तारा सेनले २५ मत प्राप्त गरेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष अमृत वुढामगर ( त्रिवेणी गाउँपालिका), उपाध्यक्ष विजय घर्तीमगर ( माडी गाउँपालिका), सचिव नेपवहादुर थापा (रुन्टीगढी गाउँपालिका), खुला सचिव वमवहादुर पुनमगर ( सुनिल स्मृती गाउँपालिका) र महिला सचिव रमित डाँगी (गंगादेव गाउँपालिका) हुन् ।

५ जना खुला सदस्यहरुमा सन्तोष वाँठामगर, कमानसिंह पुनमगर, धनवहादुर वस्नेत, रामचन्द्र वुढामगर र परवीर नेपाली विजयी भएका छन् । जिल्लाका दशवटै स्थानीय तहको भुगोलवाट प्रतिनिधित्व गर्ने सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।

पदाधिकारी र खुला सदस्यमा सहमति हुन नसकेपछि मतदान गरिएको थियो । कुल ३८१ प्रतिनिधि रहेको अधिवेशनमा ३१९ जनाले मतदान गरेका थिए । अधिवेशनको उद्घाटन नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गरेका थिए ।