Butwal Today

चैत ४ गते बस्ने भनिएको लुम्बिनी प्रदेश सभा वैठक स्थगित

१ चैत्र २०८०, बिहीबार
अ+
अ-

बुटवल, १ चैत ।    चैत ४ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र विहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो ।
फागुन २३ गते यसअघिको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अहिले अल्पमतमा छन् । सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकोले अधिवेशन स्थगित गरी प्रदेश प्रमुखकोमा पत्र पठाएको बताए ।
प्रदेश सभा सचिव दुर्लभ पुनले सदन स्थगित भएको औपचारिक जानकारी नआएको बताए । नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभालाई छल्नका लागि वैठक स्थगित गरेको आरोप लगाए । सरकारको उक्त निर्णयसँगै विहिबार दिउँसो नै नेकपा एमाले संसदीय दलका नेता लिला गिरीसहितका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई भेटेर छलफल गरेका छन् ।