Butwal Today

उदयपुरमा जीप दुर्घटनामा ५ जनाको मृत्यु

१ चैत्र २०८०, बिहीबार
अ+
अ-

बुटवल,१ चैत ।   धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा पांँचजनाको मृत्यु भएको छ । भोजपुरको चुहार आउँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

को १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । १४ जना सवार जीपमा ५ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले जानकारी दिए ।

जीपमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको डीएसपी पाठकले बताएका छन् । दुद्र्दटनाको कारण खुलेको छैन ।