ट्रेंडिंग:

>> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश

चुरे दोहन बढ्दो, संरक्षण घट्दो

३० फाल्गुन २०८०, बुधबार
३० फाल्गुन २०८०, बुधबार

नेपालमा धेरै पहिलेदेखि बहसको बिषय बन्दै आएको चुरे संरक्षणको कुरा अहिलेपनि चर्चाको शिखरमै छ । अर्थात चुरे संरक्षणको कुरा जहाँबाट बिषय उठान भएको थियो, त्यसको प्रगति पनि उहीँ छ । चुरे संरक्षण वातावरणबीदहरूका लागि मात्रै चासो र चिन्ताको बिषय जस्तै भएको छ । तराई मधेसको माथिलो तटीय क्षेत्र हो– चुरे । जसको भू–बनोट, ढुंगाको कडापनको हिसाबले कमलो भएकोले मानवीय तथा भौगोलिक कारणले पनि चुरेमा भू—क्षय तथा पहिरो जाने गर्दछ । यो क्षेत्र अति जोखिममा छ । चुरे संरक्षणका लागि धेरै पहिलेदेखि प्रयास हुँदै आएको भनिएपनि सरकारले समेत यो बिषयमा खासै चासोसाथ संरक्षणको पहल नगरेको यथार्थ हो । सरकारले चुरेबाट निस्कने धेरै नदी प्रणालीहरूको एकीकृत व्यवस्थापन योजना लागू गर्ने गराउने योजना लिएको छ । चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको लक्ष्य चुरेको माटो चुरेलाई र सफा पानी सबैलाई भन्ने छ । तर, चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको मर्म अनुसार कार्यक्रम सञ्चालनमा सरकारले प्राथमिकता दिएको छैन । चुरेमा अथाह खानी छ । चुरेबाट आम्दानी लिन जान्ने हो भने यो नेपालका लागि अथाह श्रोत हो तर यसको न संरक्षण गरियो न त आम्दानीको माध्यम नै बनाइयो । चुरे कमजोर पहाड हो । यो पहाड तराईको समथल भागसंग जोडिएको छ । यसको कमजोर अवस्थालाई स्थायीरूपमै नियन्त्रण गर्ने हो भने यसको दोहनभन्दा पनि आम्दानीको माध्यम बनाउन सकिन्छ तर चुरे दोहनमा मात्रै ध्यान भयो, संरक्षणको पहल खासै भएन । यसतर्फ ढिलो भएपनि अव सम्वन्धित निकायको ध्यान जानुपर्दछ ।
अहिलेसम्मको अवस्था हेर्ने हो भने चुरेबाट नदीजन्य ढुंगा, गिट्टी र बालुवामात्रै निकाल्ने काम भएको छ । यसको संरक्षणमा खासै चासो र चिन्ता न सरकार, न प्रदेश सरकार र न त स्थानीय सरकार कसैको पनि ध्यान नजानु चिन्ताको बिषय हो । चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरी त्यस्ता खनिज वस्तुको उत्पादन र निर्यातको व्यावसायिक सम्भावना खोजी गर्ने हो भने नेपालको विकासमा चुरेले कायापलट गरिदिन सक्छ । किनभने चुरेबाट सुरक्षित तरिकाले खनिज पदार्थ निकाल्न सक्ने हो भने बर्षौसम्म आम्दानीको माध्यम बन्न सक्छ र चुरे संरक्षणमा पनि मद्दत पुग्छ । चुरेमा रहेको ढुंगाखानीहरूको संरक्षण, प्रवद्र्धन, व्यावसायिक उत्खनन तथा निकासीका माध्यमबाट आय र रोजगारी सिर्जना हुने निश्चित देखिन्छ । चुरेबाट ढुंगा गिट्टी निकासीबारे वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएको स्थानबाट ढुंगा, गिट्टी निकासी गर्न सकिने छ । यसको सदुपयोग गर्न सक्ने हो भने नेपाललाई सिंगापुर बनाउन सकिन्छ । होइन दोहन नै गर्ने हो भने चुरे तराईका लागि अभिषाप पनि हुनसक्छ । तसर्थ चुरेको संरक्षण गरेर यसबाट लाभ लिनेतर्फ अव ध्यान दिनु सवैभन्दा श्रेयष्कर हुन्छ । चुरेको उचित व्यवस्थापन नहुँदा हरेक बर्ष तराईमा बिपद्को अवस्था सिर्जना भइरहेको छ । अतः मापदण्ड बनाएर चुरेबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेर आम्दानी लिन सकिने अवस्थाको अव खोजी जरुरी छ । चुरेलाई उपयोग गर्न सके बरदान हुनेछ, होइन भने चुरे अभिषाप । तसर्थ चुरे दोहनमात्र होइन, उपयोग गर्नेतर्फ ध्यान दिउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?