ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सल्लाघारीमा ‘तानसेन बसपार्क’

व्यवस्थित बसपार्कमा पेट्रोल पम्प अटोभिलेज सुपरमार्केटको समेत प्रस्तावित गरिएको छ । यस्ता कार्य दोस्रो चरणमा पुरा हुनेछ । व्यवस्थित बसपार्कका कारण पाल्पाको पर्यटन बिकासमा थप आयाम थपिने नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
३० फाल्गुन २०८०, बुधबार
३० फाल्गुन २०८०, बुधबार

पाल्पा, ३० फागुन । जिल्लाकै प्रतिष्ठासँग गाँसिएको र जोडिएको सदरमुकाम तानसेनको बसपार्क निर्माणले गति लिएको छ । विगतका वर्षहरूमा नगर सरकारले बसपार्क निर्माण स्थलको पहिचान गर्न नसक्दा ठूलो धनराशि गुमाएको नगर सरकारले तानसेन गुल्मी सडकखण्डको वन देवी क्षेत्रमा १ सय १ रोपनी क्षेत्रफलमा प्रस्तावित गरि सल्लाको रुख कटान गरी गत वर्ष निर्माणको ठेक्का सम्झौता गरेपछि निर्माण व्यवसायीले काम अगाडि बढाएको हो ।

व्यवस्थित र आधुनिक सुबिधा सम्पन्न बसपार्क निर्माणका लागि ४८ करोड रूपैयाँ प्रस्तावित गरिएकोमा पहिलो पटक २५ करोड बराबरको निर्माण कार्य हुने नगर सरकारका मुख्य प्राविधिक राम प्रसाद श्रेष्ठले बताए । यसपटक पहिलो किस्ताबाट ५० वटा ठूला सवारीका साधन अट्न सक्ने क्षमताको निर्माण हुनेछ । अत्याधुनिक प्रविधिद्वारा निर्माण हुन लागेको यस कार्यमा ३ हजार ८ सय मिटर आर. इ. वाल जडान हुनेछ । यसमध्ये २७ सय मिटरको निर्माण कार्य पुरा भएको छ । यस आर.इ.वाल निर्माण गर्ने कार्य अत्यन्त कठिन हो । यसका लागि १३ करोड रूपैयाँ विनियोजन भएको छ । यो वाल रूपन्देहीको मणिग्राममा निर्माण भएको छ । यो निर्माण कार्य पुरा भएपछि २ महिना भित्र जडान कार्य पुरा हुने उनले बताए ।

चार वर्ष अगाडि वन मन्त्रालयबाट स्विकृत भएपछि त्यस क्षेत्रमा भएका सल्लाका रुखहरू कटान गर्ने काम भयो । पछिल्ला समयमा श्रोत नभएका कारण निर्माणको प्रकृयामा ढिलाई भएको थियो । ‘नगर विकास कोषको ऋण सहयोगमा निर्माण कार्य अगाडि बढेको हो जसमा ३० प्रतिशत नगर सरकारको बाँकी कोषको ऋण सहयोगमा निर्माण कार्य अगाडि बढेको हो,’ नगर सरकारका प्रमुख प्रशाशकिय अधिकृत जिवन ज्ञवालीले भने । श्रोतको व्यवस्थापन हुन नसक्दा ढिलाइ भएपनि अहिले निर्माणको काम तिब्र गतिमा अगाडि बढेको छ । व्यवस्थित बसपार्कमा पेट्रोल पम्प अटोभिलेज सुपरमार्केटको समेत प्रस्तावित गरिएको छ । यस्ता कार्यदोस्रो चरणमा पुरा हुनेछ । व्यवस्थित बसपार्कका कारण पाल्पाको पर्यटन बिकासमा थप आयाम थपिने नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

सदियौंदेखि बसपार्क भन्ने विषय नगर सरकारका प्रतिनिधिलाई चुनौती सँगसँगै टाउको दुखाईको विषय नै थियो । स्थानीय र राजनैतिक दलका नेता सम्मका व्यक्तिहरूको आ–आफनो स्वार्थका कारण बसपार्क निर्माणका लागि स्थान छनोट गर्न कठिन भएको थियो । आफनो कार्यकालमा व्यवस्थित बसपार्कको लागि स्थान छनोट गरी मन्त्रालयबाट प्रस्ताव गराई मन्त्री परिषद बाट निर्णय गराएर १ सय १ रोपनी क्षेत्रफलको जमिन उपलब्ध गराएको नगर सरकारका निवर्तमान प्रमुख अशोक कुमार शाहीले बताए ।
नगर सरकारले विगतमा स्थान छनोट गर्न नसक्दा पटक पटक दातृ निकायबाट आएको रकम फिर्ता पनि भयो । पटक–पटक छलफल भएपनि जनप्रतिनिधि विहीन भएका समयमा त्यस्ता निर्णयले सार्थकता पाउन सकेको थिएन । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि नगर सरकारले प्रस्ताव गरेको स्थानमा स्विकृत भएको नगर सरकारका सुचना अधिकारी भरत आचार्यले बताए

यो व्यवस्थित बसपार्क काठमाडौंको मोडलमा निर्माण हुन लागेको हो । जहाँ निर्माण हुने भनिएको छ । त्यहाँ हेर्दा काम भए जस्तो लाग्दैन फिल्डको काम एक महिनामा सकिन्छ । कडा र कठिन अनि मुख्य काम अन्यत्र भएको छ । यहाँ त बाहिर निर्मीत सामग्रीको जडान गर्ने हो । त्यसलाई धेरै समय नलाग्ने प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली बताउँछन । तानसेनको बसपार्क सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको निर्माण सँगसँगै निर्माण भएको हो । प्रतिदिन सवारीको साधनको संख्या बढ्दै जाँदा बसपार्क साँघुरिदै गयो । बसपार्क साँघुरिदा सवारी जाम हुने र दुर्घटनाको जोखिम बढ्दै गएको छ । व्यवस्थित बसपार्कको निर्माणको काम पुरा भएपछि ट्राफिक व्यवस्थापनमा निकै सहज हुने जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक कुल बहादुर श्रेष्ठ बताउँछन ।

तानसेनको पर्यटन व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिएको बसपार्कका कारण यहाँको पर्यटन बिकासमा धक्का नै लागेको थियो । व्यवस्थित बसपार्कको निर्माण कार्य पुरा भएपछि तानसेनको पर्यटन क्षेत्रको बिकासमा नयाँ आयाम थपिने पर्यटन व्यवसायी राजिव शाह बताउँछन । वन क्षेत्रमा निर्माण हुन लागेका कारण यसलाई हरित बसपार्कको नामाकरण गरिएको छ । यसका लागि नेपाल सरकार वन मन्त्रालय र तानसेन नगर सरकार बिच जग्गा प्राप्तिको संझौता भएको हो । यस क्षेत्रमा सल्ला प्रजातीका १ हजार २ सय ९१ वटा रुखहरू थिए । रुख कटान भई निर्माण कार्य अगाडि बढेको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?