ट्रेंडिंग:

>> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

सदरमुकामकै पालिकामा मावि पढ्न ‘डेढ घण्टा पैदल’

२९ फाल्गुन २०८०, मंगलवार
२९ फाल्गुन २०८०, मंगलवार

बुटवल, २९ फागुन । नगरपालिका भित्र रहेको सिंगो वडामा मावि विद्यालय छैनन, त्यो पनि सरदमुकाम भएको नगरपालिका हो । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ मा हालसम्म पनि कुनै पनि मावि विद्यालय छैनन् । जसको कारण आधारभूत तह (साविक निमावि) कक्षा ८ पास गरेका विद्यार्थीहरू डेढ घण्टाको पैदल यात्रा गरेर अर्को वडामा गएर पढ्नुपर्ने बाध्यता रहेको छ ।
सिंगो वडामा कक्षा ९, १०, ११ र १२ पढ्ने विद्यालय नभएपछि आठ कक्षा पास परेपछि विद्यार्थीहरू छिमेकी वडा नम्बर ७ मा रहेका विद्यालयहरूमा जान बाध्य भएका हुन ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा अहिले नर्सरी देखि कक्षा ८ सम्म दुई वटा विद्यालय छन् । एउटा विद्या विनय आधारभुत, जगत हो भने भने अर्को भृकुटी आधारभुत विद्यालय हो । जहाँबाट विद्यार्थी कक्षा ८ पास गरेपछि सबैभन्दा नजिक रहेको मावि विद्यालयमा डेढ घण्टाको पैदल हिँडेर जान बाध्य भएका हुन । जसमा नगरपालिकाले समेत चासो देखाउन सकेको छैन । विद्या विनय आधारभुत सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का प्रधानाध्यापक चित्रकला न्यौपानेका अनुसार अघिल्लो बर्ष १६ जना विद्यार्थी आफ्नो विद्यालयबाट मावि पढ्नको लागि अर्को विद्यालयमा गएका थिए । यस्तै २६ जना भृकुटी आधारभूत विद्यालयबाट मावि पढ्नको लागि गएको थिए ।

६ नम्बर वडामा मावि विद्यालय स्थापनाको लागि पहल गरेको भएपनि यसले कुनै पनि सार्थकता नपाएको प्रधानाध्यापक न्यौपाने बताउँछिन् । उनका अनुसार अहिले विद्या विनय माविमा १ सय ५० जना विद्यार्थी छन् । विद्यालयमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला लगायतका खेल मैदान पनि छन् । तर मावि सञ्चालनको लागि तत्काल व्यवस्थापन गर्न सकिएपछि ४ कोठाको एउटा भवन निर्माण गरेमा कक्षा ८ देखि १२ सम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उनी बताउँछिन् ।

प्रधानाध्यापक न्यौपाने भन्छिन्–‘अन्य पूर्वाधार पनि छन्, खेल मैदान लगायतका पूर्वाधार पनि छन्, विद्यार्थी पनि अभाव हँुदैन, यसको लगि चार कोठाको एउटा भवन मात्रै बन्न सकेमा विद्यार्थीहरू अर्को वडामा मावि पढ्नको लागि जानुपर्ने अवस्था आउने थिएन ।’
२०१६ सालमा स्थापना भएको यो विद्यालयमा हाल प्राविको मात्रै स्थायी दरबन्दी रहेको छ । प्रावि दरबन्दी ६ जना, राहत दरबन्दी २ जना, निमावि राहात २, बाल विकास २ दरबन्दी कार्यालय सहयोगी २ जना गरी कुल १४ जनाको जनशक्ति रहेको छ ।
उक्त वडाका विद्यार्थीहरू अन्य वडामा रहेको चन्द्रप्रभा मावि, पाणिनी क्याम्पस, शिवमदन मावि लगायतका विद्यालयमा जाने गर्दछन् । कुनै विद्यालय त धेरै टाढा छन् । वडामा नै मावि विद्यालय स्थापना भएमा विद्यार्थीहरूले बर्खाको समयमा वा अन्य बेलामा पैदल हिडेर टाढा जानुपर्ने बाध्यातक कम हुने स्थानीय समासवेवी समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत न्यौपाने बताउँछन् ।
विद्यार्थीहरूको अभाव समेत नहुने अवस्था रहेको भन्दै उनले तर यसमा नगरपालिकाले ठोस चासो नदिँदा समस्या भएको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत न्यौपानले उक्त स्थानमा मावि विद्यालय आवश्यक रहेको भन्दै यो विद्यार्थी, अभिभावक, स्थानीय सरोकारवाला निकाय सबैको माग भएको बताए ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा हाल सम्म पनि कुनै पनि मावि विद्यालय नभएको अवस्थामा यसलाई मावि बनाउनको लागि सबैले पहल गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई रहेको छ । तत्कालिन समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविलाल भट्राइ, प्रधानाध्यापक स्व.घनश्याम भट्राई को पहलमा उक्त विद्यालय आधारभुत तह कायम भएको थियो । दुई वडा आधारभुत विद्यालय रहेको वडामा मावि विद्यलाय भनेहाल सम्म पनि छैनन ।

यता, सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले साविक नरपानी गाविस वडा नम्बर १ र ३ नम्बर वडाका विद्यार्थीहरूको लागि समस्या भएको बताउँछन् । उनले मावि अध्यापन गर्नको लागि भौतिक स्रोतको अभाव, ईच्छाशक्तिको अभाव भन्दा पनि विद्यार्थीहरूको अभावको कारण समस्या भएको बताउँछन् । उनले कक्षा, ९, १०, ११, १२ मा सुरुवात विद्यलाय स्तरउन्नती गर्दा कम्तीमा पनि ४० जना विद्यार्थी आवश्यक पर्नेमा त्यो पुराउन नसक्ने अवस्था आउने संभावना भएको कारण समस्या भएको बताउँछन् । उनले अहिले वडामा मावि विद्यालय नहुँदा न्युनतम ४५ मिनेट देखि डेढ घण्टा लागेर विद्यार्थीहरू माविका लागि अन्य वडामा, सदरमुकामा जानुपर्ने अवस्था आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?