Butwal Today

राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदै

२९ फाल्गुन २०८०, मंगलवार
अ+
अ-

काठमाण्डौ –

राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ ।

यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरे पनि माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?