ट्रेंडिंग:

>> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ

कान्ति माविको शैक्षिक अवलोकन भ्रमणः नमुना माध्यमिक विद्यालयदेखि विश्वविद्यालय सम्म

२९ फाल्गुन २०८०, मंगलवार
२९ फाल्गुन २०८०, मंगलवार

बुटवल, २९ फागुन ।

कान्ति माध्यमिक विद्यालय बुटवल ४ रुपन्देहीले गण्डकी, बागमती र मधेश प्रदेशका नमुना सामुदायिक विद्यालयका साथसाथै नमुना विश्वविद्यालयहरुमा शैक्षिक भेटघाट तथा नमुना अभ्यासको बारेमा छलफल तथा अनुभव आदानप्रदान गरेको छ ।

शैक्षिक क्षेत्र सुधारका लागि सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिका कसरी सहज र सरल तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा विद्यालय प्रशासन र शिक्षकहरुका बिचमा योजना निर्माणका लागि कुन कुन पक्षमा काम गर्न आवश्यक छ भन्ने कुरा बुझ्नका लागि कार्यक्रम गरिएको कुरा व्यवस्थापन समिति अध्यक्ष हेमानन्द शर्माले बताए ।

शैक्षिक अवलोकन भ्रमण कार्यक्रमका संयोजक विद्यालयका सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीले शिक्षकहरु पेसागत क्षमता समय अनुसार देशका अन्य नमुना विद्यालयहरुले कसरी सञ्चालन गरिरहेका छन् भन्ने विषयमा अध्ययन गर्नका लागि कार्यक्रम गरिएको बताए ।

विद्यालयमा शिक्षक, अभिभावक र व्यवस्थापन समितिका बिचमा शैक्षिक गुणस्तर सुधारका लागि के कस्ता नयाँ मोडलहरु प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यका लागि सञ्चालन गरिएको यो शैक्षिक अध्ययन अवलोकन भ्रमण उत्साहजनक रुपले सम्पन्न भएको विद्यालय व्यवस्थापन समिति सदस्य कृष्ण प्रसाद अर्यालले बताए ।

विद्यालय देशको नमुना विद्यालय भएकोले समय अनुसार विद्यालय सँग सम्बन्धित सम्पूर्ण पक्षहरुलाई कसरी अझ धेरै व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्नका लागि विद्यालयले समय समयमा यस्ता प्रकार कार्यक्रम गरिरहेको कुरा प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।

शैक्षिक अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत नवलपुरको ढोगीको त्रिभुवन बाल मावि, दोलखाको जिरी मावि र जिरी प्राविधिक शिक्षालय जिरी नगरपालिका र काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्व विद्यालयमा भएका असल अभ्यास र कान्ति माविले अपनाएका असल अभ्यासको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, शिक्षक अभिभावक संघका प्रतिनिधि सहित ४० जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?