Butwal Today

लाइटर बोकेर कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी

२८ फाल्गुन २०८०, सोमबार
अ+
अ-

धनगढी ।

कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

अहिले लम्कीचुहा नगरपालिकाकाे दमकल पनि पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?