© 2026
बुटवल, २७ फागुन । नेपालका एक दर्जन बढी पुर्वक्रिकेटरहरुलाई रुपन्देहीमा आईतबार सम्मान गरिएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट एकेडेमीको आयोजनामा भएको विशेष कार्यक्रममा १९९६ मा एसिसि खेल खेल्ने नेपालको पहिलो क्रिकेट टिमका १३ जना पुरुष र सन २००७ का महिला क्रिकेट खेलाडीहरु ममता थापा, नितु थापा, मिरा राजोपाध्याय, सीता रानामगरलाई सम्मान गरिएको हो ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, एकेडेमीका म्यानेजिङ डाईरेक्टर बिनोद कुवर, नेपाल क्रिकेट संघ क्यानका सचिव तथा पुर्व नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्काले उनिहरुलाई सम्मान गरे । पहिलो १९९६ मा एसिसि खेल खेल्ने टिमका खेलाडीहरु लेख बहादुर क्षेत्री, जगत टमाटा,सन्जय गुरुङ, पुकार पन्त, किरण राणा, रितेश बराल, प्रशान्त शाही ठकुरी, पुर्व कप्तान पवन अग्रवाल, बिशाल गुप्ता, राजु खड्का, मुसरफ इजहार, मनिषराज पाण्डे, कोच सरोज भट्टराई, अरुण अर्याल, किरण रानालाई सम्मान गरिएको थियो । उत्तम कर्माचार्यको कप्तानीमा उत्रेको थियो जो बिदेश छन । स्व.गणेश शाही विकेटकिपर रहेका थिए ।
कार्यक्रमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले तिलोत्तमा नगरपालिकाको वडा नं १७ मा निर्माण भएको क्रिकेट मैदान खेलकुदसंगै यहाको आर्थिक प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने आशा ब्यक्त गरे । खेलकुद विकासमा स्थानीय सरकार सधै सकारात्मक रहेको उनले प्रतिवद्घता जनाए ।