© 2026
बुटवल ।
पत्रकार मनऋषि धितालद्वारा लिखित जनयुद्धकालीन डायरीहरुमाथि आज बुटवलमा सम्वाद गरिएको छ । जनयुद्धको अवधिमा पत्रकार धितालले लेखेका डायरीहरुलाई गुफा भित्रका चिट्ठी, जेलयात्रा, बेनी यात्रा, आधार यात्रा, राजमार्ग यात्रा, पिलि यात्रा र गण्डक यात्राको नाममा पुस्तकको रुप दिइएको छ ।
आफुले जनयुद्धमा देखेका भोगेका र जनयुद्धमा भेटेका पात्रहरुका कुराहरुलाई पुस्तकमा यथार्थ लिपिबद्ध गरिएकाले यी पुस्तकहरुमा जनयुद्धको वास्तविक रुप देख्न सकिने लेखक धितालले बताए । “मेरा ४६ वटा डायरीमा जे समेटिएका छ्न । ती दुरुस्त किताबमा छ्न , जनयुद्धको इतिहास लिपिबद्द गर्ने उद्देश्यले प्रकाशन रुपमा ल्याएको छु यी डायरीहरु बचाउने जिम्मा तपाईंहरुको हो । “ उनले भने । उनको डायरीहरुमा नेपाली समाजका राजनीतिक र बलिदानका गाथाहरु र प्रेस स्वतन्त्रता र अन्दोलनहरुलाई लिपिबद्ध गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको बिषयहरु यो डायरीमा समाबेश गरिएको छ । डायरीमा युद्धको प्रत्यक्ष गतिबिधिहरुको सुक्षम ढङगले लेखिएको छ । माओवादी आन्दोलनको दस्ताबेजको एक रुप पनि भएको उनले बताए ।
वरिष्ठ साहित्यकार, पत्रकार एवं अधिवक्ता दिल साहनीको अध्यक्षतामा बुटवलमा भएको संवादमा यस क्षेत्रका सहित्यकार, पत्रकार एव राजनीतिक दलका नेताहरुले जनयुद्धले समाजमा सकारात्मक प्रभाव पारेको र राजनीतिक परिवर्तन ल्याएकोमा कुनै दुईमत नभएकोमा जोड दिएका थिए । उनीहरुले लेखकको जनयुद्धको भोगाइ पुस्तकको रुपमा पाउनुले जनयुद्धको सकारात्मक र नकारात्मक पाटोको उजागर हुने पनि उनीहरुले बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, मदनलाल पौडेल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक नारायण जिसी निर्मल, प्रदेश समिति सदस्य सुजित बिक, साहित्यकार तथा पत्रकार गुरुदत्त ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, पुस्तकका सम्पादक राजकुमार कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।