Butwal Today

इण्डोनेसियामा बाढी र पहिरोमा परी १९ जनाको मृत्यु

२७ फाल्गुन २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२७ फागुन । इण्डोनेसियामा बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ। पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले बताए।

धेरैजसो मृतक पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए। त्यहाँबाट १७ शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेका छन्। बाढीबाट १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध भएको र घर पनि बगेकाले प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको एजेन्सीहरुले जनाएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भए पनि हजारौँ घर डुबानमा रहेको जानकारी दिए।