ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

अबको चुनावमा गोर्खा २ मा बाबुराम नै उठ्ने,प्रचण्डलाई धक्का

चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्डलाई भट्टराईको यो निर्णयले  धक्का लागेको छ ।
२७ फाल्गुन २०८०, आइतबार
२७ फाल्गुन २०८०, आइतबार

काठमाडौं,२७ फागुन । २०७९ मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले जित्दै आएको क्षेत्र छाडेर जिताएका बाबुराम भट्टराईले अबको चुनावमा उक्त क्षेत्रमा आफै लड्ने भएका छन् ।
गोरखा २ का जनतासँग बृहत् अन्तर्क्रियाका क्रममा त्यहांका मतदाताले भट्टराई नै यहां उम्मेदवार हुनुपर्छ भन्ने मत बलियोगरी राखेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले उम्मेदवार बन्ने उद्घोष गरेको नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले बताएका छन् । ‘अन्तर्क्रियाका क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ’ नेता पाण्डेले भनेका छन्, ‘अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ ।’

भट्टराईले २०७९ को चुनावमा उक्त क्षेत्र उदारतापुर्वक नछाडेको भए प्रचण्डले चुनाव जित्न मुस्किल थियो । चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्डलाई भट्टराईको यो निर्णयले  धक्का लागेको छ । अन्य दलसंग गठबन्धन नभएको अवस्थामा माओवादी केन्द्रले एक्लै लड्दा जित्न सक्ने मध्ये गोर्खा २ थियो । किनकी अरु एक्लै जित्न सक्ने क्षेत्र मध्येको सबैभन्दा सुरक्षित रुकुम पश्चिममा जनार्दन शर्मा आफै उम्मेदवार थिए । चितवनमा रवि लामिछाने उम्मेदवार हुने भएपछि प्रचण्ड डराएर गोर्खा पुगेका थिए । यदि चितवनमा चुनाव लडेको भए रविसंग नराम्रो पराजय ब्यहोर्ने निश्चित थियो ।

निर्वाचनमा भट्टराईले प्रचण्डलाई जिताएपनि चुनाव जितेर प्रधानमन्त्री भएपछि प्रचण्डले भट्टराईको गुन बिर्सेर बेवास्ता गरेका थिए । त्यति मात्र होइन भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीमा फाटो गराएर महिन्द्र राय यादव सहितको टिमलाई मात्रै माओवादीमा मिसाउने र भट्टराईलाई एक्ल्याउने रणनीति प्रचण्डको देखिएपछि भट्टराई झनै रुष्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?