ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

जनयुद्धकालीन डायरीहरुमाथि बुटवलमा संवाद

२७ फाल्गुन २०८०, आइतबार
२७ फाल्गुन २०८०, आइतबार

बुटवल ।

पत्रकार मनऋषि धितालद्वारा लिखित जनयुद्धकालीन डायरीहरुमाथि आज बुटवलमा सम्वाद गरिएको छ । जनयुद्धको अवधिमा पत्रकार धितालले लेखेका डायरीहरुलाई गुफा भित्रका चिट्ठी, जेलयात्रा, बेनी यात्रा, आधार यात्रा, राजमार्ग यात्रा, पिलि यात्रा र गण्डक यात्राको नाममा पुस्तकको रुप दिइएको छ ।

आफुले जनयुद्धमा देखेका भोगेका र जनयुद्धमा भेटेका पात्रहरुका कुराहरुलाई पुस्तकमा यथार्थ लिपिबद्ध गरिएकाले यी पुस्तकहरुमा जनयुद्धको वास्तविक रुप देख्न सकिने लेखक धितालले बताए । “मेरा ४६ वटा डायरीमा जे समेटिएका छ्न । ती दुरुस्त किताबमा छ्न , जनयुद्धको इतिहास लिपिबद्द गर्ने उद्देश्यले प्रकाशन रुपमा ल्याएको छु यी डायरीहरु बचाउने जिम्मा तपाईंहरुको हो । “ उनले भने । उनको डायरीहरुमा नेपाली समाजका राजनीतिक र बलिदानका गाथाहरु र प्रेस स्वतन्त्रता र अन्दोलनहरुलाई लिपिबद्ध गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको बिषयहरु यो डायरीमा समाबेश गरिएको छ । डायरीमा युद्धको प्रत्यक्ष गतिबिधिहरुको सुक्षम ढङगले लेखिएको छ । माओवादी आन्दोलनको दस्ताबेजको एक रुप पनि भएको उनले बताए ।

वरिष्ठ साहित्यकार, पत्रकार एवं अधिवक्ता दिल साहनीको अध्यक्षतामा बुटवलमा भएको संवादमा यस क्षेत्रका सहित्यकार, पत्रकार एव राजनीतिक दलका नेताहरुले जनयुद्धले समाजमा सकारात्मक प्रभाव पारेको र राजनीतिक परिवर्तन ल्याएकोमा कुनै दुईमत नभएकोमा जोड दिएका थिए । उनीहरुले लेखकको जनयुद्धको भोगाइ पुस्तकको रुपमा पाउनुले जनयुद्धको सकारात्मक र नकारात्मक पाटोको उजागर हुने पनि उनीहरुले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, मदनलाल पौडेल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक नारायण जिसी निर्मल, प्रदेश समिति सदस्य सुजित बिक, साहित्यकार तथा पत्रकार गुरुदत्त ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, पुस्तकका सम्पादक राजकुमार कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?