Butwal Today

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

२६ फाल्गुन २०८०, शनिबार
अ+
अ-

काठमाडौं,२६ फागुन । देशमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ।
शनिबार दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

यही फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसमेतको सहभागितामा नयाँ सत्ता समीकरण बनाएपछि माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो। वैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने विषय लगायत समसामयिक विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ।