ट्रेंडिंग:

>> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान 

डुबान रोक्ने बजेट गुहार्दै पालिका

खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनको माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओगट्ने कुल ७ वटा वडा मध्ये ४ वटा वडाका बासिन्दालाई राहत पुयाउने छ ।
२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

नवलपरासी, २६ फागुन । सरावल गाउँपालिकाले बर्षेनी डुबान झेल्दै आएको धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि काम शुरु हुन सकेको छैन । बजेट अभावले उक्त डिपिआर अनुसारको काम हुन नसकेको गाउँपालिकाले जनाएको हो । पालिकाले खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (बिस्तृत परियोजना प्रतिवेदन) डिपिआर बनाएको थियो ।

डिपिआर अनुसार प्रदेश सरकार र संघीय सरकारमा पठाइएको तर त्यसका लागि बजेट आउन नसक्दा डिपिआरको काम गर्न नसकिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । अहिले पुनः सरकारसँग बजेटको माग गर्दछौं, उनले भने,थोरै भए पनि आफ्नै स्रोतले पनि केही बजेट बिनियोजन हुन्छ, यो बर्ष काम हुन सकेन्, तर अगामी बर्षमा आफ्नै बजेटले भए पनि कामको शुभारम्भ गर्छाैं । प्रदेश सरकार र संघीय सरकारसँग पनि बजेटका लागि प्रदेश सांसद र संघीय साँसदसँग पनि बजेटको माग गर्ने उनले बताए । यसमा स्थानीय सरकराले मात्रै होईन्, प्रदेश र संघ सरकारले पनि प्राथमिकता दिइएर काम गर्नुपर्छ । यसका लागि यस क्षेत्रका सांसदले पनि पहल गर्नुपर्ने उनको भनाई थियो ।

डुबान क्षेत्रका जनताले स्थानीय सरकारका जनप्रतिनिधिलाई मात्रै मतदान गरेर पठाइका होईनन्, प्रदेश र संघका जनप्रतिनिधिहरू पनि त्यस क्षेत्रमा जनताको मत पाएका छन् । डुबानबाट मुतm गराउन संघ र प्रदेशका साँसदको उत्तिकै जिम्मेवारी भएको बताएका थिए । झण्डै पचास करोड लागत पर्ने उत करिडोरको डिपिआर बनाई क्रमशः पालिका गौरवको आयोजनामा समावेश गरि काम गर्ने गरि डिपिआर तयार भएको थियो ।

विगत तिन दशकदेखि धनेवा खोलाको उचित ब्यवस्थापनका लागि स्थानीयले माग गर्दै आएका थिए । तर खोलाको ब्यवस्थापन हुन सकिरहेको छैन्,गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले भने, आफू निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाएको हो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वडा मध्ये ४ वटा वडाका बासिन्दालाई राहत पुर्याउने छ ।

डिपिआर अनुसार अब गाउँपालिकाले आफ्नो स्रोत पनि परिचालन गर्नेछ, उनले थपे, अन्य संघीय सरकार, लुम्बिनी प्रदेश सरकार, भारतीय पक्षको पनि समन्वयमा कामलाई अगाडि बढनु पर्ने हो, तर ति दुबै सरकारबाट बजेट आएन्, मोटो रकम खर्च हुने भएका कारण पालिकाले तिनै संघ र प्रदेश सरकारकै आशमा बजेट विनियोजन गरेन, तर अब अगामी दिनमा पालिकाबाट भए पनि थोरै थोरै काम गर्दै लैजाने र संघ र प्रदेश सरकारबाट पनि बजेट मागि नै रहने अध्यक्ष चौधरीले बताए । सरावल गाउँपालिकालाई दुई वटा संघीय निर्वाचन क्षेत्र जोडेको हँुदा दुई जना विनोद चौधरी र धु्रव बहादुर प्रधान प्रतिनिधि सभा सदस्यको रूपमा सरावलका जनताले मतदान गरेका छन् । संघीय सरकारबाट बजेट ल्याउनका लागि दुबै जना सांसदले पहल गर्नुपर्ने हो । दुई जना प्रदेश सांसदले पनि पहल गर्नु पर्ने हो, तर त्यहाँबाट पनि धनेवा खोला ब्यवस्थापनका लागि पहल हुन सकेको छैन् । गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर, लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो, तर चासो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए ।
उनका अनुसार इगल सोलुसन प्रालि अनामनगर २९ काठमाडांैले ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने उल्लेख गरेको छ । धनेवा खोलाको अधिकांश भाग सरावल गाउँपालिकाको ४ वटा वडालाई छोएको छ । धनेवाखोलाको सिमा प्रतापपुर, पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ ।

विगत बर्षमा खुल्ला रूपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरूको पानी समेत धनेवा खोलाम जाँदै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरू बनेदेखि मर्मत सम्भारको अभावमा भत्किने र जीर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो, त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहँुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ । ती क्षेत्रका किसान ती खेतबाट हिँउदेबाली मात्र लिन सक्ने बाध्यतामा छन् ।
विगतमा पनि तत्कालिन जिविस मार्फत पटक पटक डुबानका नियन्त्रणका कुरा उठाइँदै आएको भए पनि सुनुवाई हुन सकेन्, अध्यक्ष चौधरीले भने, संघियता पश्चात पनि अघिल्लो कार्यकालका जनप्रतिनिधि संघिय सरकार र लुम्बिनी प्रदेश सरकारकै भरमा बसे, तर ती सरकारबाट पनि खासै उपलब्धी भएन् । संघका तत्कालिन यस क्षेत्रमा सांसद तथा मन्त्रि बनेका हृदेश त्रिपाठी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहित मन्त्रीहरू पनि यस क्षेत्रमा बाढीको बेला बाढी पर्यटक भएर आश्वासन मात्रै बाडेर फर्केका थिए । बाढीमा डुंगा चढेर रमाईलो गर्ने जनप्रतिनिधिले स्थानीयको पीडा बुझ्न सकेनन् । बर्षेनीको आश्वासनले बाढी पीडितलाई चिढाउने कार्य मात्रै गर्दै आएका थिए ।

गाउँपालिकाले बनाएको डिपिआर अनुसार काम गर्न सकियो भने किसानलाई जलनिकास भएर राहत मिल्ने र सडकले कृषि सडकसँगै खोला किनारमा आवासिय क्षेत्रको स्वरूप पनि पाउने छ । खोला किनारमा सौन्दर्यीकरण हुने खालका बोटविरुवाको रोपण, विद्युतिकरण सहितको डिपिआरले स्थानीयबासीमा उत्साह जगाएको उनको भनाइ थियो । चुरे पहाडसँग नजोडिएको बाह्र महिना पानी बग्ने धनेवा खोलाको पानी उपयोग हुने गरि सिंचाई तथा पानीमा मत्स्यपालन र हाँस पालन लगायतका समेत सम्भाब्यता अध्ययन गरि कार्यक्रम गर्न सक्ने अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?