ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

ओममा पाच दिने निशुल्क स्थायी बन्ध्याकरण शिविर

२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

बुटवल, २६ फागुन । महिलाहरुबाट संचालित ओम महिला तथा बाल अस्पतालमा ५ दिने स्थायी बन्ध्याकरण शिविर शुरु भएको छ । शिविरको एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गर्दै नगरमा स्वस्थ्य सेवा दिने गरि निजि क्षेत्रबाट महत्वपुर्ण कार्य भएको बताए । मानिस स्वस्थ्य रहन, परिवार स्वस्थ्य हुनुपर्ने भन्दै उनले यसलाई सहयोग हुने गरि नीजि क्षेत्रबाट अभियानको शुरुवात भएको उनले बताए । देशमा नै आर्थिक समस्याको कठिन अवस्थामा पनि सेवाका रुपमा रहेको अस्पताल खोलेर नमुना काम गरेको उनले बताए । यस क्षेत्रमा स्थापना भएको अस्पतालबाट महिला स्वास्थ्यमाज्ञ नभई स्थानियहरुलाई रोजगार दिनसमेत सफल भएको उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा ओम महिला तथा बाल अस्पताल र नेपाल परिवार नियोजन संघको सहकार्यमा परिवार योजना स्थायी बन्ध्याकरण शिविर(मिनिल्याप÷भ्यासेक्टोमी) संचालन कार्यक्रममा अस्पतालका डाईरेक्टर कमला हमालले महिला र बालबालिकाहरुको स्वास्थ्यलाई लक्षित गरि सेवा दिदै आएको बताईन । नगरमा महिलाहरुको स्वस्थ्य सचेतना जगाउने गरि कार्यक्रमहरु अगाडी बढाएको भन्दै उनले परिवार नियोजन सेवा, बन्ध्याकरण सेवा लगायत संचालन गर्न सरकारबाट माग गरे अनुसार स्वीकृति पाएर शिविर संचालन भएको बताईन । सामाजिक उत्तरदायित्व अन्तरगत तिलोत्तमा नगरका पाच वटा वडामा गरिएको महिलाको पाठेघर क्यान्सर परिक्षणको क्रममा ७ सय जनामा ५० जनामा भिआईए पोजिटिभ देखिएको उनले बताईन । अझै पनि अस्पतालमा स्वस्थ्य परिक्षण गर्न जाने महिला धेरै रहेको भन्दै यस्ता शिविरबाट उनिहरुलाई घर बाहिर निकाल्न मद्यत मिल्ने बताईन । तिलोत्तमा नगरपालिकाको १७ वडामै परिक्षण गरेर एउटा तथ्याक निकाल्न मद्दत मिल्ने गरि काम अघि बढाएको उनले बताईन ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका परिवार नियोजन शाखा प्रमुख प्रवास पन्थीले विवाह पश्चात् दम्पतीहरु सन्तान प्राप्तिसंगै आउने विभिन्न स्वस्थ्य सचेतना दिने काममा दक्ष चिकित्सकको अभाव रहेको बताए । तालिम प्राप्त चिकित्सकको अभावका कारण विभिन्न अस्पतालहरुको सहकार्यमा शिविरमार्फत सेवा दिएको उनले बताए । जिल्लामा मंसिर ५ देखि पुस ५ सम्मसबै पालिकाहरुमा शिविर संचालन गरेको भन्दै उनले कतिपय छुटेका सेवाग्राहीहरुको माग अनुसार तिलोत्तमा र बुटवलमा अहिले शिविर चलेको उनले बताए । ‘चिकित्सकहरुलाई विशेष तालिम दिएर यसलाई संचालन गर्न सकिन्छ ।’— उनले भने । आमा सुरक्षा कार्यक्रम संचालन भएका अस्पतालमा चाप बढेको हुदा यसलाई विकेन्द्रीकरण गर्न जरुरी रहेको उनले बताए । अस्पतालहरुमा नियमित सेवालाई अघि बढाउन जरुरी रहेको उनको सुझाव छ ।
ओम अस्पतालमा फागुन ३० गतेसम्म शिविर चल्ने छ । भने परिवार नियोजन संघमा चैत १ देखि ३ गतेसम्म चल्ने छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष शारदा तिवारी, सुपरिटेन्डेन्डन्ट डा शर्मिला शर्मा, स्वस्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा रिजाल, स्वस्थ्य शाखा प्रमख तिलोत्तमाका केशव भट्टराईले बिरामीहरुलाई अस्पतालसम्म ल्याउन र स्वस्थ्य अवस्था पहिचान गरि समयमा उपचार गराउन शिविर महत्वपूर्ण पाटो बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?