Butwal Today

७ लाख ५० हजार बराबरको अवैध चिनी बरामद

२५ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

भैरहवा, २५ फागुन ।

सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीले अवैध रुपमा भारतबाट ल्याउंदै गरेको ७ लाख ५० हजार बराबरको अवैध चिनी बरामद गरेको छ ।

मायादेवी गाउंपालिका वडा नं ५ बुडवा इलाकामा भारतबाट अबैध रुपमा ल्याइएको चिनी बरामद गरिएको सशस्त्र प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपालतर्फ ल्याइ बेबारिसे अवस्थामा गोदाममा राखेको १२ सय ५० केजी अर्थात २ सय ५० बोरा चिनी बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल २७ नं गणका प्रहरी नायब उपरीक्षक दुर्गा बहादुर थापाले जानकारी दिए ।

नायब उपरीक्षक दिपक थापाको नेतृत्वमा खटिएको टोलीले बिशेष सूचनाको आधारमा चिनी बरामद गर्न सफल भएको थियो ।