ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

लिङ्ग पहिचान गर्दै ‘भ्रुण हत्या’

कानुनले १२ हप्ता सम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको भएपनि भ्रुण पहिचान गरि भ्रुण हत्या गराउनका लागि भारतिय नागरिक समेत कपिलवस्तुको तौलिहवामा आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट विपिन जयसवालले खुलासा गरे ।
२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

कपिलवस्तु, २५ फागुन । कपिलबस्तु जिल्ला भ्रण हत्याको हव बन्दै गएको पाइएको छ । पछिल्लो समयमा जिल्लामा हुने गरेका लिङ्ग पहिचान पछि गरिने गर्भपतनले यो अवस्थालाई थप पुष्टी गरेको हो । कपिलवस्तु अस्पतालका निमित्त मेसु डाक्टर बिपीन जयसवालले पछिल्लो समय कपिलवस्तु भ्रुण हत्याको हब बन्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

कानुृुनले १२ हप्ता सम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको भए पनि भ्रुण पहिचान गरि भ्रुण हत्या गराउनका लागि भारतिय नागरिक समेत कपिलवस्तुको तौलिहवामा आउन थालेको मेसु जयसवालले गम्भीर खुलासा गरे । गर्भपतनका गराउन मान्यता प्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य प्रदायक संस्थालाई मात्रै स्विकृती छ । तर तौलिहवाका केहि निजी स्वास्थ्य क्लिनिकले ठूलो रकम असुल गरि भ्रुण पहिचान गरि भ्रुण हत्या गर्ने गरेको उनको दाबी थियो ।

आफूले आफना निकायमा सो बिषयको जानकारी गराएको भए पनि कुनै कारवाही हुन नसकेको उनको गुनासो थियो । पछिल्लो समय भारतिय नागरिक कपिलवस्तु आएर भ्रुण पहिचान गरि भ्रुण हत्या गर्न आफुलाई समेत आर्थिक प्रश्ताव गर्ने गरेको उनले अनुभव सुनाए । “एक जना महिलाको २० हप्ताको गर्भ परिक्षण गराई भ्रुण हत्याका लागि ७० हजार दिन आएका थिए । मैले कानुन बिपरित काम हँुदैन भनेर फर्काए । पछि अरू क्लिनिकमा भ्रुण हत्या भएछ । गर्भपतन पछि फेरी समस्या भएर आएका उनीहरूले गर्भपतन गराउँदा जोखिममा परेको जानकारी दिए ।” उनले भने । लिंग पहिचान गरि कानुन बिपरित गर्भपतन गराउने प्रबृत्तिले महिला माथीको हिंसालाई प्रोत्साहित गरेको बताउँदै यस्ता मुद्दालाई सतहमा ल्याउन सबैले सहयोग गर्नु पर्ने जयसवालले बताए ।
यस्ता गम्भीर बिषयलाई आफूहरूले निगरानी र समाधानका लागि सरोकारवाला निकायलाई सुचित गर्नेलाई गैसस महरासंघका पूर्व जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले बताए । लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्ने प्रबृत्ति गलत भएको बताउँदै यस्ता प्रबृत्ति रोक्न कानुन अनुसार कडाई गरिनु पर्नेमा पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले जोड दिए । हिंसाको प्रमुख कारण अशिक्षा भएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए । उनले कपिलवस्तुमा भ्रुण हत्या हुने गरेको बिषयलाई सबैले जिम्मेवार भएर यस्ता प्रबृत्ति गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सक्नु पर्ने चौधरीले बताए ।

महिला अधिकार दिवशको बिषय भए पनि आफू निर्वाचित भएर पनि नगरका सुबिधाबाट बंचित हुने गरेको कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ताको गुनासो थियो । आफू अन्यायमा परेका कारण महिला लक्षित कार्यक्रममा खुलेर सहयोग पुर्याउन समस्या परेको उनको दाबी थियो । महिलाको अवस्थामा सुधार ल्याउन सकिए हिंसाको दायरामा कमी आउने कपिलवस्तुका प्रजिअ बिश्व प्रकाश अर्यालले बताए ।

बिकृती र कुरितीका कारण लैङ्गिक हिंसा बढेको प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए । महिला अधिकार र कानुन कार्यान्वयनमा भएका समस्याको बिषयलाई प्रदेशसभाको सदन उठाउने उनको प्रतिबद्धता थियो । गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, उपाध्यक्ष रामशरन रैदास लगायतले जिल्लामा महिलाको अवस्था सुधारका लागि सबै लाग्नु पर्नेमा जोड दिए । सो अवसरमा गैसस महासंघको अगुवाईमा गरिएको चार वटा कार्यालयको स्तनपान कक्ष अनुगमनमा कपिलवस्तु नगरपालिकामा हाल स्तनपान कक्ष नरहेको किड्सकी परियोजना संयोजक उषा थापाले प्रस्तुतीकरण मार्फत जानकारी दिईन । सबै भन्दा व्यवस्थित स्तनपान कक्ष महिला सेल र केहि गैरसरकारी संस्थाहरूमा रहेको उनले जानकारी दिईन । ११४ औं अन्तरराष्ट्रिय महिला दिवशको अवसर पारे कपिलवस्तुको तौलिहवामा जिल्लास्तरीय अन्तक्र्रियामा यो विषयमा चिन्ता व्यक्त गरिएको छ । अन्तक्र्रियामा बोल्ने अधिकांस वक्ताले बिकृती, कुरिती र सकारात्मक सोचको अभावले महिला माथी हिंसा बढेको बताएका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?