Butwal Today

प्रधानमन्त्रीले राजनीतिक अराजकता बढाएको चित्रबहादुरको आरोप

२५ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं,२५ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अराजकता बढाएको आरोप लगाएका छन् ।

प्रचण्डले सत्ता र शक्तिको लागि एमालेसँग काँध मिलाएको उनले आरोप लगाए ।

अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठिरहेको बताउँदै अहिले पनि गठबन्धनको आवश्यकता भएको जिकिर गरे ।

अध्यक्ष केसीले प्रचण्डले सत्ता समीकरण फेरेपछि समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको बताए ।