Butwal Today

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न एमाले सचिवालय वैठक बस्दै

२५ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं,२५ फागुन । सत्ता समिकरण फेरिएपछिको राजनीतिक परिस्थिति समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्न लागेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।

पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

बैठकमा पार्टीले गरेको पछिल्लो निर्णयको समीक्षा तथा आगामी कार्ययोजनालगायतमा छलफल हुने उपाध्यक्ष पौडेलले बताए । पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा उठेका विषय नै छलफलका मुख्य एजेण्डा रहेको पौडेलले जानकारी दिए ।