Butwal Today

सरकारलाई साथ दिन अन्य दललाई एमालेको आग्रह

२५ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई  साथ दिन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको २९ औँ बैठकले सो आग्रह गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

मुलुकको हित र स्वाधीनताको रक्षा गर्नुपर्ने भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन भएको भन्दै उक्त सरकारलाई साथ र समर्थनका लागि अन्य दललाई अनुरोध गरेको उनले बताए।

‘जनतामा आशा र विश्वास जगाउने, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले एमालेले सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ महासचिव पोखरेलले भने।