Butwal Today

लिङ्ग पहिचान गर्दै ‘भ्रुण हत्या’

कानुनले १२ हप्ता सम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको भएपनि भ्रुण पहिचान गरि भ्रुण हत्या गराउनका लागि भारतिय नागरिक समेत कपिलवस्तुको तौलिहवामा आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट विपिन जयसवालले खुलासा गरे ।
२५ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

कपिलवस्तु, २५ फागुन । कपिलबस्तु जिल्ला भ्रण हत्याको हव बन्दै गएको पाइएको छ । पछिल्लो समयमा जिल्लामा हुने गरेका लिङ्ग पहिचान पछि गरिने गर्भपतनले यो अवस्थालाई थप पुष्टी गरेको हो । कपिलवस्तु अस्पतालका निमित्त मेसु डाक्टर बिपीन जयसवालले पछिल्लो समय कपिलवस्तु भ्रुण हत्याको हब बन्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

कानुृुनले १२ हप्ता सम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको भए पनि भ्रुण पहिचान गरि भ्रुण हत्या गराउनका लागि भारतिय नागरिक समेत कपिलवस्तुको तौलिहवामा आउन थालेको मेसु जयसवालले गम्भीर खुलासा गरे । गर्भपतनका गराउन मान्यता प्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य प्रदायक संस्थालाई मात्रै स्विकृती छ । तर तौलिहवाका केहि निजी स्वास्थ्य क्लिनिकले ठूलो रकम असुल गरि भ्रुण पहिचान गरि भ्रुण हत्या गर्ने गरेको उनको दाबी थियो ।

आफूले आफना निकायमा सो बिषयको जानकारी गराएको भए पनि कुनै कारवाही हुन नसकेको उनको गुनासो थियो । पछिल्लो समय भारतिय नागरिक कपिलवस्तु आएर भ्रुण पहिचान गरि भ्रुण हत्या गर्न आफुलाई समेत आर्थिक प्रश्ताव गर्ने गरेको उनले अनुभव सुनाए । “एक जना महिलाको २० हप्ताको गर्भ परिक्षण गराई भ्रुण हत्याका लागि ७० हजार दिन आएका थिए । मैले कानुन बिपरित काम हँुदैन भनेर फर्काए । पछि अरू क्लिनिकमा भ्रुण हत्या भएछ । गर्भपतन पछि फेरी समस्या भएर आएका उनीहरूले गर्भपतन गराउँदा जोखिममा परेको जानकारी दिए ।” उनले भने । लिंग पहिचान गरि कानुन बिपरित गर्भपतन गराउने प्रबृत्तिले महिला माथीको हिंसालाई प्रोत्साहित गरेको बताउँदै यस्ता मुद्दालाई सतहमा ल्याउन सबैले सहयोग गर्नु पर्ने जयसवालले बताए ।
यस्ता गम्भीर बिषयलाई आफूहरूले निगरानी र समाधानका लागि सरोकारवाला निकायलाई सुचित गर्नेलाई गैसस महरासंघका पूर्व जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले बताए । लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्ने प्रबृत्ति गलत भएको बताउँदै यस्ता प्रबृत्ति रोक्न कानुन अनुसार कडाई गरिनु पर्नेमा पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले जोड दिए । हिंसाको प्रमुख कारण अशिक्षा भएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए । उनले कपिलवस्तुमा भ्रुण हत्या हुने गरेको बिषयलाई सबैले जिम्मेवार भएर यस्ता प्रबृत्ति गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सक्नु पर्ने चौधरीले बताए ।

महिला अधिकार दिवशको बिषय भए पनि आफू निर्वाचित भएर पनि नगरका सुबिधाबाट बंचित हुने गरेको कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ताको गुनासो थियो । आफू अन्यायमा परेका कारण महिला लक्षित कार्यक्रममा खुलेर सहयोग पुर्याउन समस्या परेको उनको दाबी थियो । महिलाको अवस्थामा सुधार ल्याउन सकिए हिंसाको दायरामा कमी आउने कपिलवस्तुका प्रजिअ बिश्व प्रकाश अर्यालले बताए ।

बिकृती र कुरितीका कारण लैङ्गिक हिंसा बढेको प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए । महिला अधिकार र कानुन कार्यान्वयनमा भएका समस्याको बिषयलाई प्रदेशसभाको सदन उठाउने उनको प्रतिबद्धता थियो । गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, उपाध्यक्ष रामशरन रैदास लगायतले जिल्लामा महिलाको अवस्था सुधारका लागि सबै लाग्नु पर्नेमा जोड दिए । सो अवसरमा गैसस महासंघको अगुवाईमा गरिएको चार वटा कार्यालयको स्तनपान कक्ष अनुगमनमा कपिलवस्तु नगरपालिकामा हाल स्तनपान कक्ष नरहेको किड्सकी परियोजना संयोजक उषा थापाले प्रस्तुतीकरण मार्फत जानकारी दिईन । सबै भन्दा व्यवस्थित स्तनपान कक्ष महिला सेल र केहि गैरसरकारी संस्थाहरूमा रहेको उनले जानकारी दिईन । ११४ औं अन्तरराष्ट्रिय महिला दिवशको अवसर पारे कपिलवस्तुको तौलिहवामा जिल्लास्तरीय अन्तक्र्रियामा यो विषयमा चिन्ता व्यक्त गरिएको छ । अन्तक्र्रियामा बोल्ने अधिकांस वक्ताले बिकृती, कुरिती र सकारात्मक सोचको अभावले महिला माथी हिंसा बढेको बताएका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?