ट्रेंडिंग:

>> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य

घर बनाउन ६ महिनामा बैंकिङ प्रणालीबाट गयो झन्डै ४ खर्ब ऋण

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।

चालु आर्थिक वर्ष (आव)को ६ महिनामा घर बनाउनका लागि बैंकिङ प्रणालीबाट झन्डै ४ खर्ब रुपैयाँ ऋण विस्तार भएको छ।

गत आर्थिक वर्ष (आव)मा धिमा गतिले विस्तार भएको घर बनाउन बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जा (व्यक्तिगत आवासीय कर्जा) चालु आवमा भने रफ्तारमा बढ्दै गएको देखिएको हो। गत असारको तुलनामा यस्तो कर्जा ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ। अघिल्लो असारको तुलनामा गत आवको ६ महिनामा यस्तो कर्जा ३.२ प्रतिशतले मात्रै बढेको थियो।

चालु आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३ खर्ब ८० अर्ब ८६ करोड लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा विस्तार गरेका छन्। जब कि गत आवको पुससम्ममा यस्तो कर्जा ३ खर्ब ४८ अर्ब रुपैयाँ विस्तार भएको थियो।

गत आवमा सुस्त रहेको घरजग्गा कारोबार चालु आवको सुरुआतदेखि नै क्रमशः सुध्रिँदै गएको छ। कर्जा विस्तार हुँदै जाँदा घर निर्माणको काम पनि बढ्दो क्रममा देखिएको छ।

चालु आवको कात्तिकबाट उकालो लागेको जग्गाको कारोबार र राजस्व संकलन माघसम्म पनि निरन्तर देखिएको छ। चालु आवको साउन, भदौ र असोजमा उतारचढाव रहेको जग्गाको कारोबार र राजस्व संकलन कात्तिकदेखि निरन्तर उकालो लागेको हो। सरकारले जग्गाको कित्ताकाट खुलाएपछि देशभरका मालपोत कार्यलयमा जग्गा कारोबार सामान्य बढेको देखिन्छ।

चालु आवको माघसम्म ८ लाख ६० हजार जग्गा कारोबार हुँदा २१ अर्ब ६२ करोड राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा ६ लाख ९३ हजार कारोबार हुँदा २१ अर्ब ५७ करोड राजस्व संकलन भएको थियो।

चालु आवको साउनमा ३ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा विस्तार भएकोमा त्यसयताका हरेक महिनामा बढ्दै आइरहेको छ। जब कि गत आवको कात्तिक मसान्तसम्म ३ खर्ब ४५ अर्ब रुपैयाँको हाराहारीमा मात्रै यस्तो कर्जा विस्तार भएको थियो।

गत आवकै मंसिरमा आवासीय कर्जा विस्तार घटेर ३ खर्ब ३७ अर्ब ७९ करोड रुपैयाँमात्रै रहेको थियो भने पुसमा थोरै बढेर ३ खर्ब ४८ अर्बको हाराहारीमा रहेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवमा भने हरेक महिना व्यक्तिगत आवासीय कर्जा बढ्दो क्रममा रहेको छ। साउनमा ३ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँ वृद्धि भएको यस्तो कर्जा वृद्धि भदौमा ३ खर्ब ६५ अर्ब रुपैयाँ, असोजमा ३ खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँ, कात्तिकमा ३ खर्ब ७६ अर्ब ५८ करोड रुपैयाँ, मंसिरमा ३ खर्ब ७७ अर्ब ८६ करोड रुपैयाँहुँदै पुसमा आइपुग्दा ३ खर्ब ८० अर्ब ८६ करोड रुपैयाँ पुगेको हो।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा पहिलो घर निर्माणका लागि दिइने आवास कर्जाको सीमा बढाएसँगै यस्तो कर्जा विस्तार बढेको हो। केन्द्रीय बैंकले तयार गरेको मौद्रिक नीतिमा पहिलो घर बनाउन एक व्यक्तिले अधिकतम दुई करोड रुपैयाँ कर्जा पाउन सक्ने व्यवस्था गरेको छ। यसअघि यस्तो व्यवस्था १ करोड ५० लाख रुपैयाँमात्र थियो। तीन हजार वर्गफिटसम्मको घर निर्माण, खरिद वा अपार्टमेन्ट निर्माणका लागि यस्तो कर्जा पाउने व्यवस्था छ।

गत पुसमा राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ६० प्रतिशत पुर्याएको थियो। राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामार्फत ५० लाख रुपैयाँ माथिको रियलस्टेट कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारेको थियो।घरजग्गा क्षेत्रमा ऋण प्रवाह बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाइएपछि आवासीय कर्जा बढेको तथ्यांकले देखाउँछ।

रियल इस्टेट कर्जा प्रवाह भने ६ महिनामा १.८ प्रतिशतले घटेको छ। असारसम्म बैंक तथा वित्तीय संस्थाको रियल इस्टेट क्षेत्रमा २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकामा पुससम्म आउँदा २ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ।

आवास कर्जा सहज हुँदा मन्दीमा गएको निर्माण क्षेत्रमा समेत सुधार हुने र अर्थतन्त्र चलायमान हुने अपेक्षा रहेको बैंकर र व्यवसायीले बताएका छन्। आवास कर्जाले सिमेन्ट, डन्डी, रंगलगायतका उद्योगको गतिविधि बढ्ने सरोकारवालाले बताउँदै आएका छन्।

अर्कोतिर मजदुरले पनि काम पाउनेछन्। पछिल्ला दिनमा बैंकमा लगानीयोग्य रकम (तरलता) सहज अवस्थामा रहँदा बैंकहरुले विभिन्न अफरसहित घर कर्जालाई प्राथमिकता दिइरहेका छन्। जसअनुसार कर्जा प्रवाह बढ्दै गएको तथ्यांकले देखाएको हो।

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय बैंकहरुले कर्जा प्रवाहमा क्रमशः वृद्धि गर्दै गइरहेको देखाउँछ। चालु आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको पुससम्ममा यस्तो कर्जा ३ प्रतिशतले मात्रै बढेको थियो।

गत पुसमा मात्र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय बैंकको ब्याजदर क्रमिक रुपमा सहज हुँदै गएको र बैंकमा तरलता पनि सहज अवस्थामा रहेकाले कर्जा विस्तारमा सुधार हुँदै जाने अपेक्षा बैंकरहरुको छ।

विस्तारै घरजग्गाको पनि कारोबार बढ्दै गएकाले घरजग्गा कर्जा झनै वृद्धि हुने र यसले अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न सहयोग गर्ने सरोकारवाला बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?