Butwal Today

बर्दघाटको कवाड गोदाम तस्करीका समान भण्डारण गर्ने अखडा, २० लाखको अवैध सामान बरामद

२४ फाल्गुन २०८०, बिहीबार
अ+
अ-

बुटवल, २४ फागुन ।

पश्चिम नवलपरासीको बर्दघाटबाट कवाड गोदाममा लुकाई राखेको अवस्थामा झन्डै २० लाख बराबरको मोबाईलमा प्रयोग हुने टेम्पर ग्लास बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याएका सामान लुकाएर राखेको भन्ने सूचनाका आधारमा बर्दघाट बजारस्थित एमएस स्क्रब नाम गरेको कवाड संकलन गर्ने गोदाममा प्रहरीले बुधवार छापा मारेको थियो । उक्त गोदामबाट ३० वटा कार्टुनमा लुकाई राखेको अवस्थामा १९ लाख ८० हजार बराबरको मोबाइलमा प्रयोग हुने टेम्पर ग्लास बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए ।

उक्त गोदाम नेकपा माओवादी केन्द्र सम्वद्ध युवा संगठन वाईसीएलका नवलपरासी संयोजक मोहन सापकोटाको हो ।

सो गोदाममा यसअघि पनि विभिन्न अवैध समाग्री भण्डार गर्ने र तस्करी हुने गरेको आशंकामा प्रहरीले थप अनुसन्धान अगाडीिबढाएको छ ।