Butwal Today

बक्सिङका खेलाडी छनौट

२४ फाल्गुन २०८०, बिहीबार
अ+
अ-

बुटवल, २४ फागुन । लुम्बिनी प्रदेशबाट अन्तर प्रदेश प्रतियोगितामा भाग लिने बक्सिङ खेलाडीहरु छनौट भएका छन । बुटवलमा चलेको दुई दिने छनौट खेलबाट लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने पुरुष १३ र महिला ५ जना गरि १८ जना खेलाडीहरु छनौट भएका हुन । देविनगरस्थित भुपुसैनिक खेलमैदानभित्र बनाईएको अस्थाई रिङमा छनौट खेलहरु भएका थिए ।

जसमा पुरुषतर्फ ४८ केजी तौल समुहमा बिशेष बुढा (अल्फा एकेडेमी दाङ), ५१ केजीमा भरत पुन मगर (तुल्सीपुर), ५४ केजीमा देबेन्द्र डागी (रोल्पा), ५७ केजीमा मनसुब बस्नेत (रुपन्देही), ६० केजीमा अनिल कुमार पुनमगर (तुल्सीपुर), ६३ केजीमा अमर भुषाल (अल्फा), ६७ केजीमा बसन्त बुढामगर (अल्फा), ७१ केजी कृष्ण गुरुङ (बाके), ७५ केजीमा माधव पाण्डे (अल्फा), ८० केजीमा अमर बहादुर पल्ली (गुल्मी), ८६ केजीमा प्रसन थापा (रुपन्देही), ९२ केजीमा पुष्प गुराष वली (अल्फा) र ९२ प्लस केजीमा सुजन थापा मगर (दाङ) रहेका छन । यसैगरि महिलातर्फ ५४ केजी तौल समुहमा पुष्पा कुमारी थापा (अल्फा), ५७ केजीमा सुरक्षा बिश्वकर्मा (अल्फा), ६० केजीमा सुजन कुमारी कुमाल (बाके), ७० केजीमा जुनमाया थारु (बाके), ७५ केजीमा साबित्रा बुढा (रुपन्देही) रहेका छन ।

कार्यक्रममा प्रदेश खेलुकद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, नवलपरासी खेलकुद समितिका अध्यक्ष रितमान मगर, बुटवल उपमहानगरपालिकाका खेलकुद विकास समितिका संयोजक बोनिम पिया, भु.पु.सैनिक कल्याणकारी क्लबका अध्यक्ष होम ब.पुन
प्रदेश बक्सिङ्ग संघ लुम्बिनी उपाध्यक्ष जै बहादुर घर्तिले विजेता खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा रेफ्रीका भुमिकामा राजु गुरुङ, कुमार खाण ठकुरी, खिम ब. राना, हरि सुनार, समिर सिद्दिकि, प्रशु बुढामगर, रेमन बुढामगर, नारायण सिङ्ग खत्री, चन्द्रमणि घिमिरे, मिलन न्यौपाने रहेका थिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट ४५ जना खेलाडीहरु सहभागी रहेका थिए ।