ट्रेंडिंग:

>> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा
अन्तर्राष्ट्रिय नारी दिवस

जोखिमयुक्त काम गर्ने ४३ जना श्रमिक नारीलाई सम्मान

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

तिलोत्तमा,२४ फागुन ।  अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले जोखिमपूर्ण काम गर्ने ४३ जना श्रमिक महिलालाई सम्मान गरेको छ ।
नगरका विभिन्न वडाका डकर्मी, सिकर्मी, उद्योगमा मेशिन चलाउने लगायत जोखिमपूर्ण काम गर्ने महिलाहरुलाई जनही नगद ३५ सय र कदरपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खांणले वर्तमान संविधान महिलामैत्री रहेको र राजनीतिमा स्थनीय, प्रदेश र संघमा महिला प्रतिनिधित्व उल्लेख्य संख्यामा रहेको बताए ।  नगरपालिकाले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम र उद्यमशीलता तालिम प्रदान गरेको बताए ।
नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले सन् १९१० बाट अन्तराष्ट्रिय श्रमिक नारी दिवस मनाउन शुरू भएपनि समान कामको समान ज्याला र समानताको अधिकारको माग अझै पूरा नभएको बताइन् । नारीलाई अधिकार दिन संविधान र कानुनमा लिपिबद्ध हुनुपर्ने बताइन् । महिलाका हक अधिकारका माग पूरा गर्न महिला एक्लै नभई पुरुषको पनि साथ चाहिने उपप्रमुख चौधरीले औंल्याइन् । उनले महिलालाई हेर्ने समाजको दृष्टिकोण पनि परिवर्तन हुन आवश्यक रहेको भन्दै नगरभित्र समान कामको ज्याला नपाए उजुरी गर्न आग्रह गर्दै अहिलेसम्म एउटा पनि उजुरी नआएको जानकारी गराइन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नगरस्तीय नेताहरुले बोल्दै तिलोत्तमा नगरपालिकालाई महिलामैत्री नगर बनाउनुपर्ने सुझाव दिएका थिए । नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी सम्झना भण्डारीले डकर्मी,मिस्त्री,अटो रिक्सा चालक,लेथ मेशिन चलाउने महिला,वायरिङ गर्ने महिला गरी ४३ जनालाई सम्मान गरिएको बताइन् । आगामी दिनमा अन्य विधाका महिलालाई पनि सम्मान गर्ने भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?