ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

‘अब कृषिमैत्री होइन, किसानमैत्री नीति’

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

अहिले किसान चौतर्फी मारमा छन । एकातिर सरकारले ६ महिनासम्म दुधको भुक्तानी नदिएर दुध किसानलाई मर्नु न बाँच्नु बनाएको छ । किसानले आन्दोलन गरेपछि बल्ल सरकारले बार्तामा बोलाएर तारिखमा भुक्तानी दिने सहमति गरेको छ । किसानका लागि जुन कुनै सरकार आएपनि अवस्था उस्तै छ । अर्कोतर्फ मूल्यबृद्धिको बढ्दो भारले पछिल्लोसमय किसानहरू समस्यामा गर्दै गएका छन् । आफूले उत्पादन गरेको बस्तुभन्दा उत्पादन लागत नै बढी पर्न थालेको किसानको गुनासो छ । यसले किसानहरू बढ्दो मूल्य चुनौतिको सामना गर्दैछन भन्ने स्पष्ट हुन्छ । त्यसै त बिचौलियाका कारण उपभोक्तासंग प्रत्यक्ष पहुँच नपाउने किसानहरू अहिले दाना लगायतका विभिन्न सामानमा भएको बृद्धिले समस्यामा परेको गुनासो गर्दैछन् । यद्यपि पछिल्लोसमय पशुपालन ब्यवसायप्रति आकर्षण बढेजस्तो देखिएपनि यो व्यवसायवाट किसानले सोचेजस्तो आम्दानी लिन सकिरहेका छैनन् । एकातर्फ पशु आहाराको मूल्य आकासिएको छ भने अर्कोतर्फ कामदार पाउन मुस्किल छ । जसका कारण किसानको आम्दानी घटेको छ । राज्यले किसानलाई प्रोत्साहन गर्ने खालको नीति ल्याउन नसकेका कारण व्यवसायिक रूपमा पशुपालन लगायतका क्षेत्रमा लागेका किसानहरूले सोंचे अनुरूप आम्दानी र प्रतिफल पाउन नसकेका हुन् । राज्यले यस्ता किसानलाई प्रोत्साहन पनि नगर्ने र चर्को मूल्यवृद्धि नियन्त्रण तर्फ पनि ध्यान नदिंदा समस्या भैरहेको छ । सवै सरकारले कृषिमैत्री नीति लिएको दावी गर्ने गरेका छन तर अव कृषिमैत्री नीति होइन किसानमैत्री नीति आवश्यक छ ।

अहिले किसानहरू पशु आहारमा भएको अत्यधिक मूल्य वृद्धिले उत्पादन लागत र बिक्री मूल्य उस्तै उस्तै पर्न थालेपछि यो व्यवसाय छोड्न बाध्य भएका छन् । मूल्यबृद्धि लगायतका कारणले एकातर्फ पशुपालन व्यवसाय राम्रोसंग अगाडी बढ्न सकिरहेको छैन भने अर्कोतर्फ उत्पादित बस्तुले बजार नपाउँदा पशुपालक कृषकहरू थप समस्यामा परेका छन् । वजारमा दुधको माग भएपनि गाउँघरमा उत्पादन भएको दुधले बजार नपाउंदा कृषकलाई लागत खर्र्च उठाउन समस्या भएको छ । अहिले धेरै पशुपालक किसानको दुध विक्री भएको छैन । सरकारी संस्थान डिडिसीले मिल्क होलिडे जस्तै गरेको छ । सरकार बन्ने र बनाउने काममा नेताहरूको ध्यानले किसानहरूको पीडा र मर्का सुन्ने फुर्सद छैन । पश्चिम क्षेत्रका रोल्पा, प्यूठान, रुकुम, सल्यान, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा व्यवसायिक रूपमा उत्पादन भएको दुधले बजार पाउन सकेको छैन भने बजारमा खपत भैरहेको दुधले पनि उचित मूल्य पाउन नसकिरहेको अवस्था छ । लागत मूल्य दिन प्रतिदिन बढ्दै जाने र उत्पादित सामानले बजार नपाउने अवस्था रहिरहने हो भने पशुपालन गर्ने किसान यो व्यवसायवाट विस्थापित हुनु वाहेक अर्को विकल्प छैन । अव सरकारले दाना, चोकर र घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न जरुरी छ । साथै दुधमा मुलुकलाई आत्मर्निभर बनाउन अनुदान भन्दा किसानमैत्री नीति वनाउने तर्फ नेपाल सरकारको ध्यान केन्द्रित हुनुपर्दछ । अहिले कृषिमैत्री नीति होइन किसानमैत्री नीति आवश्यक छ भन्ने कुरा बुझ्नु जरुरी छ । नीति निर्माताहरूले पनि किसानको समस्या बुझेर सोही अनुसारको नीति बन(ाउनेतर्फ ध्यान दिनु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?