ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

मातापिता र पूर्वजहरूलाई सम्झने र बिर्सनेहरू

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

आजभोली कतिपय मानिसहरू आफूदेखि बाहेक अरूलाई देख्ने र चिन्नेसम्म गर्दैनन् । आफू सर्बज्ञाता, सर्वमान्य, सर्वस्वीकार्य, सर्वश्रेष्ठ, आफ्ना पितामाता या गुरु भन्दा पनि उच्चस्तरको ठान्ने खालका पाइन्छन् । यो देख्दा आश्चर्य लाग्छ । वास्तवमा आफूलाई हेर्नु र बुझ्नु भन्दा पहिले आफ्ना पूर्वजहरू कहाँ थिए ? कस्ता थिए ? परिवारका लागि, समाजका लागि र राज्यका लागि उनीहरूले के र कस्तो योगदान दिएका थिए ? यसका वारेमा सामान्यतया विचार गर्नुपर्दछ । सोधखोज गर्नुपर्दछ । आफ्ना पूर्वजहरूबाट परिवार, समाज र राज्यप्रति खासै योगदान रहेको रहेनछ भने यसलाई आफूले अगाडि बढाउने प्रण गर्नुपर्दछ । यदि उहाँहरूको लगानी हरक्षेत्रमा रहेछ भने त्यसलाई निरन्तरता कसरी दिन सकिन्छ भन्ने सोंचका साथ आफ्नो विचार बनाउनुपर्दछ । परिवारप्रतिको लगानीले समाजमा राम्रो प्रभाव पार्दछ । समाजको लगानीले राज्यका लागि केही योगदान पुग्न सक्छ । यसकारण पनि आफ्ना पूर्वजको वारेमा सामान्यतया जानकारी राख्न सके अति वेशहुन्छ भन्ने लाग्दछ ।
यो दृुनियाँमा आफ्ना पूर्वजलाई सम्झना नगर्नेहरूको संख्या कति होला ? यो अनुमान गर्ने कुरा भयो । यस्ता कुराको यकीन तथ्यांक हुँदैन । तर पनि हाम्रो परिवार, तथा समाजबाट सम्मान नपाउनेहरूको संख्या भने अत्यधिक रहेको अनुमान गर्न सकिन्छ । हरेक परिवारमा रहनुभएका अग्रज वा ज्येष्ठ नागरिकहरूलाई सोध्नुभयो भने उहाँहरू मध्ये धेरैबाट आफ्ना सन्ततिहरूबाट अपहेलित भएको सुन्न पाइन्छ । जसले आफूलाई जन्मदिने बाबु आमा वा स्याहार गर्ने अन्य परिवारजनलाई सम्मान दिन सक्दैनन् भने उनीहरूबाट अझ दिवंगतहरूलाई सम्मान तथा सम्झना गर्दछन् भन्न सकिने कुरा हुँदै भएन ।

केही समय पहिले सुनेको एउटा घटनालाई स्मरण गर्दा आज पनि आश्चर्य लागेर आउँछ । यो घटनामा कति सत्यता छ सुनाउनेहरू जानकार होलना मैले सुनेको घटना यस्तो थियो –आफूलाई सम्भ्रान्त परिवार भन्न रुचाउने एक दम्पतिले एकदिन आफ्नी वृद्ध आमालाई काठमाडौबाट पुरानो निवासमा पुगेर केही समय विताउने भनेर कारमा लिएर आएछन् । उनीहरू ती वृद्धआमाका छोरा बुहारी थिए । उनीहरू आधाबाटोमा आउँदै गर्दा बाटोको किनारमा कुनै होटलमा चिया नास्ताका लागि बिसाउन पुगेछन् । त्यहाँ बसेर खाजा खाएछन् अनि केही निहूँ बनाएर श्रीमान श्रीमती आमालाई त्यही होटलमा छोडेर बाहिरिएछन् । झण्डै दुईघण्टा वितेपछि आमा होटलमा छटपटाउन लाग्नु भएछ । होटल मालिकलाई उहाँले आफ्ना छोरा बुहारीका वारेमा सोध्नु भएछ । ती छोरा बुहारी चढेर गएको गाडीको नम्वर होटल मालिकले याद गरेका रहेछन् । आमाले यतिकुरा गरेपछि होटल मालिकले आमालाई छोरा बुहारी गाडीबाट बाहिरिएको कुरा सुनाए । यो सुनेर आमा अत्तालिनु भयो । होटलवालाले कुरा केही गडबड भएको ठानेर तत्काल प्रहरीलाई गाडीको नम्वर सहित घटना विवरण सुनाएछन् । तत्काल प्रहरीबाट चारैतिर खवर भएछ । उनीहरू झण्डै पचास किलोमिटर बाटो फिर्ता भइसकेका रहेछन् । प्रहरीले गाडी रोकेर केरकार गर्दा उनीहरू नाजवाफ भएछन् । प्रहरीले तत्काल गाडी फिर्ता गरेर आमालाई लिएर आउन निर्देशन दिएछन् । यो घटना यत्तिमामात्र विसाउँ ।

यो घटनाको वारेमा भिन्दै विश्लेषण गर्नुपर्छ जस्तो लाग्दैन । उनीहरू फिर्ता आएर आमालाई लिएर गएहोलान वा अर्को कुनै मार्ग अपनाएर काठमाडौ पुगे होलान ? काठमाडौमै लिएर गएको भए आमाको मनले के कल्पना गरेहोला ? त्यसपछिको व्यवहार के कस्ता भए होलान ? होटलवालाले गाडीको नम्वर याद नगरेको भए ती आमालाई कसको जिम्मा लगाईने थियो होला ? आमालाई होटलमा छोडेर छोरा बुहारी फिर्ता जानुको रहस्य के हुन सक्छ ? यी कुराहरू सबै अनुमान गर्ने कुरा भए । हाम्रो गाउँ समाजमा यस्ता घटना अन्य स्थानमा भएका हुन सक्छन् । कति घटना बाहिर आउँछन् कति आँशु बगाएर सहेर बसेका हुन सक्छन् । आफूलाई सभ्य भन्नेहरू कतिपयले आफ्ना वृद्ध बाबु आमालाई वृद्धाश्रममा राखेका खवर समेत सुन्न पाइन्छ । माता पितालाई साक्षात देवता भन्ने गरिन्छ । साक्षात देवता होलान नहोला । जे भए पनि आफू सानो छँदा हुर्काउने, बढाउने, पढाउने लेखाउने, संसार चिनाउने उनीहरू नै हुन् । जसले आफूलाई कर्तव्यमा लाग्न सिकायो आफू कर्तव्यच्यूत भएर उनीहरूलाई दिसा पुछेर फालको काठ जस्तो ठान्नेहरूलाई के उपनाम दिने होला ? यो नभोगेकाहरूलाई अनौठो लाग्न सक्छ । तर यो तीतो यथार्थ हो ।

वास्तवमा यस्तो किन हुन्छ भनेर खोजीगर्ने हो भने धेरै तर्कहरू आउन सक्छन् होला । तर यसको अर्थ छोंटो र सारमा भन्ने हो भने कर्तव्य नजानेको वा नबुझेको कारणले गर्दा यसो भएको हो भन्न सकिन्छ । यस्तो व्यवहार गर्नेहरूले कहिल्यै कर्तव्य बुझ्न सक्दैनन् । जसले आफूलाई आफ्ना मता पिता वा गुरुहरू भन्दा पनि उच्च स्तरको ठान्ने गर्दछन उनीहरूबाट के अपेक्षागर्न सकिएला ? जानकार सन्तान भए आफ्ना पूर्वजहरूको वारेमा जानकारी लिने । उनीहरूको मान तथा सम्मान कसरी गर्न सकिन्छ भन्ने वारेमा विचार गर्नुपर्ने हो तर यसको विपरित मार्ग अपनाउनु र आफूले गरेका कार्यप्रति पश्चाताप पनि नगर्नुलाई सन्ततिको मर्यादा कायम गरेको हुँदैन ।
आफ्नो वंशजको जानकारी दीर्घकालसम्म बचाइराख्नका लागि परापूर्वकालदेखि वंशावली तयार गर्ने गर्दै आएको पाइन्छ । यो अति उत्तम कार्य हो । आफ्ना पूर्वज कहाँ थिए ? के कस्तो भूमिका निर्वाह गर्दै हालको भूमिसम्म आएका हुन्, विगत देखि हालसम्म के कतिले विशिष्ठ कार्य गर्न सके ? उनीहरूको समाजप्रतिको योगदानको प्रभाव के कस्तो रहन गयो ? हो यस्ता कुराले निकै महत्व राख्दछ । केही व्यक्तिहरू शिक्षामा विशेष योगदान दिएका, आफ्नै लगानीमा विद्यालय स्थापना गरेका र सर्बसाधारणले समेत अध्ययन गर्ने अवसर पाएका कुराहरू यदाकदा सुन्न पाइन्छ । यस्तो कार्य गर्नेहरूको नाम सुन्दा गौरव लाग्दछ । पहिलेको समयमा पनि कतिजनाले पाटी पौवा वा मठ मन्दिर निर्माण गरेका कुरा समेत सुन्न पाइन्छ । कतिले आफ्नै लगानीमा अस्पाताल समेत निर्माण गरिदिएका छन् । कतिले मुलुकको खराव व्यवस्था फ्याक्नका लागि आफ्नो जीवन वलिदान दिएका छन् । कतिले मुलुकलाई विश्वसामु चिनाउन र आफ्नो विशुद्ध विबेक प्रयोग गरेर मुलुकमा हित हुने कार्ययोजना तयार गरेका कुरा सुन्न पाइन्छ । राष्ट्रप्रति विशिष्ठ योगदान दिनेहरूलाई विभूति भनिन्छ । हो कतिपय परिवारमा यस्ता विभूति रहेका छन् । कति सहिद परिवार रहेका छन् । विभूति परिवारले आफ्ना पूर्वको वारेमा थाहा नपाउने, समाजमा उच्च योगदान दिएका परिवारले परिवार भित्रको अग्रजको वारेमा थाहा नपाउने अवस्था आउनु भनेको त्यो भन्दा विडम्वना अरू केही हुँदैन । तर केही हरिलठ्ठकहरूले त्यही कार्य गरिरहेका छन् ।

आफूलाई जन्म दिने माता पिताप्रति सद्भाव व्यक्त गर्न नसक्ने । पूर्वजको वारेमा सोध खोज गर्न नसक्ने र सम्मान दिन नसक्नेहरू पनि हाम्रो समाजमा रहेका छन् । सामान्य किटको जीवन र उनीहरूको जीवनमा केही फरक छैन भन्न सकिन्छ । एउटा किटले आफ्ना पूर्वजको वारेमा न सोध्छ न खोज्छ न मान दिन्छ न सम्मान दिन्छ । यसकारण हामीले भेटेजतिका सबै मानिसहरू मानव जीवनका नभएर मानव स्वरूपका मात्र रहेका छन् । जसले जहाँ जे जस्तो सत्कर्म गर्नुपर्ने हो त्यही कुरा जान्दैन भने उसको जीवन भनेको केवल खानाका लागि मात्र हो । यस्तो कुरा आफ्ना पूर्वजलाई संरक्षण र सम्मान गर्नेहरू भन्ने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?