ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

९० घरधुरी सुकुम्बासीलाइ निःशुल्क लालपुर्जा

२३ फाल्गुन २०८०, बुधबार
२३ फाल्गुन २०८०, बुधबार

नवलपुर, २३ फागुन ।

नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकार्यक्रममा गुरुङले लामो समयदेखि रोकिएर बसेको भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने कार्य शुरु भएको भन्दै अब नेपालमा सबै भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा प्राप्त गर्ने बताएका छन् ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले मध्यविन्दु १ सेतापानीमा रहेका ९० घर सुकुम्बासीहरुलाई बुधबार निशुल्क जग्गाधनी लालपूर्जा वितरण गरेको कार्यक्रमलाई संबोधन गर्दै गुरुङले सो कुरा बताएका हुन् ।

मध्यविन्दु नगरपालिका भित्र रहेका दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु मध्ये पहिलो चरणमा ३४ जना दलित सुकुम्बासी र ५६ जना भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिए ।

लालपूर्जा वितरण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, नवलपुर क्षेत्र नं. २ का सांसद विष्णु कार्की, प्रदेश सांसद पदमा जिसी श्रेष्ठ, पूर्व प्रदेश सांसद जनकलाल श्रेष्ठ, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेल लगायतको सहभागितामा लालपूर्जा वितरण गरिएको हो ।

कार्यक्रममा सांसद विष्णु कार्कीले लामो समेतदेखि भूमि अधिकारबाट बञ्चित रहेको भूमिहिन सुकुम्बासलाई लालपूर्जा दिलाउने राज्यको दायित्व भएको बताए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले नवलपुरमा असार साउन सम्ममा १३ हजार बढी लालपूर्जा वितरण गरिने गरी आयोगले काम फत्ते गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?