Butwal Today

नयाँ मन्त्रीहरूको शपथ ५ बजे, शीतल निवासमा तयारी

२३ फाल्गुन २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

नयाँ गठबन्धनबाट मन्त्री बनेकाहरूको शपथ बुधबार अपरान्ह ५ बजे हुने भएको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसहित दलका मन्त्रीहरूको शपथ तयारी शीतल निवासले गरेको छ।

नवनियुक्त मन्त्रीहरूको शपथका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ। त्यहीअनुसार शीतल निवासले शपथ तयारी गरेको हो।

बुधबार एमालेबाट ८ जना, माओवादीबाट ५ जना, रास्वपाबाट ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जनाले शपथ लिने तयारी छ।