Butwal Today

सत्ता गठबन्धनका ४ दलबीच मन्त्रालय बाँडफाँट

२३ फाल्गुन २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति जुटाएको हो।

बाँकी चार मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि बाँकी राखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

अहिलेसम्म गृहमा रास्वपा सभापति रवि लामिछाने र अर्थमा माओवादी उपमहासचिव वर्षमान पुन निश्चित भएको र उनीहरूको आजै शपथ हुने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।

विस्तृत विवरण आउन बाँकी छ।