ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

चारपाला ‘खुल्ला संग्राहलय’

खुल्ला आकाशमुनी रहेका भग्नावशेष मूल्यवान ठानिएपछि खुल्ला संग्राहलय बनाउने पहल शुरु भएको छ । चारपाला समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतनाथ शर्माले चारपाला क्षेत्रमा पुरातात्विक बस्तु रहेको बताए ।
२३ फाल्गुन २०८०, बुधबार
२३ फाल्गुन २०८०, बुधबार

बुटवल, २३ फागुन । सैनामैना नगरपालिका वडा नम्बर १ र बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को किनारमा अहिले चारपाला क्षेत्र छ । चारपाला सामुदायिक वन क्षेत्रको जोगीडाँडा, ठूलो प्लेट (ठूलो पठार) तथा सानो प्लेट (सानो पठार) क्षेत्र गरी करिब दुई देखि तीन किलोमिटर र गोलाकारमा दश किलोमिटर क्षेत्र खुला संग्राहालय रहेको छ । जहाँ अहिले पनि विभिन्न पुरातात्विक बस्तु रहेका छन् ।
यसरी खुल्ला आकाशमुनी रहेका भग्नावशेष मुल्यवानरूपमा रहेको भन्दै यसलाई खुल्ला संग्राहलय बनाउने पहल सुरुवात भएको छ । चारपाला समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतनाथ शर्माले चारपाला क्षेत्रलाई खुल्ला संग्राहलयको रूपमा विकास गर्नको लागि पहल सुरुवात भएको बताउँछन् । उनका अनुसार उक्त क्षेत्रमा फेला परेका केही पुरात्विक बस्तु लुम्बिनीको संग्राहलयमा राखीएको छ ।
अध्यक्ष शर्माका अनुसार खुला आकाशमुनि रहेका यहाँका भग्नावशेष मूल्यवान् छन् । यहाँ रहेका इँटा र ढुंगामा कैयौं आकृति अहिले पनि छ । यहाँ रहेका ती पुरातात्विक बस्तुको प्रचारप्रसार गरी खुल्ला संग्राहलयको रूपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटक ल्याउन सकिने उनको भनाइ रहेको छ । उनी भन्छन्–‘ महत्वपूर्ण इँटा, ढुंगा, विभिन्न प्रकारका खपटा वा अन्य सामग्री बहुमूल्य छ, यिनको पहिचान गर्नु र संरक्षण गर्नु अहिलेको ज्वलन्त आवश्यकता हो ।’ बौराहा खोलाको पूर्व उत्तर जंगलमा टाटे पहरो अर्थात् योगिडाँडामा माटाका भाँडाका टुक्रा, गाडधन फेला पार्ने उद्देश्यले खनिएका खाल्डाहरू समेत छन् । योगिडाँडाबाट करिव २०० मिटर उत्तरपूर्व ठूलो पलेट छ, ५० मिटर आयतकारमा फैलिएको भवनको जगसमेत छ ।

यहाँका इँटा ३० से.मी. लम्बाई र १९ से.मी. चौडाईको चारपाटे छन् । पद्यमपाणि जस्ता योगी, ध्यानी तथा सिद्घ पुरुषहरूका दर्जनौं मूर्ति फेला परेकोले उनीहरूको आश्रयस्थल भएको अनुमान लगाउन सकिन्छ । वर्षामा माटाका मालाका गेडाहरू, पुरानो धातुका चुरा प्रसस्तै पाइन्छन् । यस भवनको जगबाट ठीक तल पश्चिमतर्फ इनारको भग्नावशेष छ । लामो समय देखि चारपाला क्षेत्रको अध्ययन गरिहेका अग्रज पत्रकार डिआर घिमिरेका अनुसार बौराहा खोलाको वीचमा अर्को इनार छ । यसमा प्रयोग भएका इटाबाट केही अनुमान लगाउन सकिन्छ साथै नदीको मुल प्रवाहमा इटाको चक्के इनारको अस्तित्व यद्यपि देख्न सकिन्छ । उनका अनुसार इनारको बाहिरी परिधि १५ फिट ६ इन्च र भित्री परिधि २ फिट १० इन्च छ रहेको छ । त्यस्तै इनारमा प्रयोग भएका ईटाको आकार ११ इन्च लम्बाई, ८ इन्च चौडाई र २ इन्च मोटाई रहेको छ । उनी भन्छन्–‘योगीडाँडाको एक ठाउँमा किटको थुप्रो भेटिन्छ । सो थुप्रो हेर्दा तत्कालिन समयमा हतियार वनाउन प्रयोग गरिएको ठाउँ हुनसक्ने अनुमान गर्न सकिन्छ ।”

योगिडाँडाबाट केही मूर्ति भेटिएर लुम्बिनी लगिएका छन् । हाल लुम्बिनीमा रहेका बुद्घको भूमि स्पर्स मुद्राको मूर्ति, जैमाला देब्या अभिलेखयुक्त प्रस्तर स्तम्भ १२६१ लेखिएको आमलक शिला भारतीय पुरातत्वविद् पीसी मुखर्जीले देखेका थिए । संगारपाटीभन्दा माथिको भाग पनि त्यही छ । अर्को गजुर अडाउने चक्रााकारको शिला पनि छ । जुन लुम्बिनीमा राखीएको छ । त्यसक्रममा भेटिएको ३ फिट अग्लो तथा २ फिट १ इन्च चौडा ध्यानी वुद्घको प्रस्तर प्रतिमा ध्यान मुद्रामा रहेको छ । बायाँ हात र शिरोभाग टुटेको छ । यो प्राचिन कलासँग मिल्दो रहेको जानकारहरू बताउँछन् ।

त्यस्तै सो ठाउँमा भेटिएको श्री महाराज पुण्र्ये मल्ल १३५३ लेखिएको प्रस्तरस्तम्भ अर्थात् शिला स्थानीय अगुवा रामप्रसाद भट्टराइले २०७५ सालको अन्त्यतिर पत्ता लगाएका हुन् । हाल यो प्राकृतिक चिकित्सालयको उत्तर पश्चिम प्रस्तावित संग्राहालयमा राखिएको छ ।
आजसम्मका अध्येताले ती ठाउँमा भेटिएका इटा कपिलवस्तुको कुदानमा रहेका इटासंग मिल्ने गरेकोले माध्यमिक कालका हुनसक्ने अनुमान गरेका छन् । पुरातत्वविद् देवाला मित्रका अनुसार त्यहाँ भेटिएका माटाका भाँडाहरू ईश्वीको आठौं नवौं शताब्दीतिरका भनेर भनिएको छ ।
सैनामैनालाई “३ सहर सैनामैना” भनिएको छ । अर्थात् तीनवटा ब्लक थिए । डा. विष्णुप्रसाद घिमिरेले पाल्पा राज्यको इतिहास भाग २ मा यसवारे उल्लेख गरेका पाईन्छ । जस अनुसार पूर्व पश्चिम राजमार्गको रानीवगिया र मूर्धनीदेखि पूर्व रानीकुवा भग्नावशेषसम्म एउटा सहर, रानीकुवादेखि पूर्व सिमसार क्षेत्रसमीप बीच टोलबाट बौराहा खोलासम्म एउटा र बौराहा खोलादेखि पूर्व यही चारपाला सामुदायिक वन क्षेत्रको योगी डाँडा सम्म एउटा गरी तीन सहर भनिएको छ । चारपाला अन्तर्गत यसवाहेक सेमलारलगायतको क्षेत्रलाई थपेर चार सहर बनाइएको हुन सक्ने अनुमान छ ।
सस्कृतिविद् राजेन्द्रप्रसाद आचार्यले चारपाला क्षेत्रको महत्व रहेपनि यसको उत्खनन् नहुँदा ओझेलमा परेको बताउँदै यसको संरक्षण र प्रवद्र्धनमा ढिला गर्न नहुने बताउँछन् । उनले यो विषयमा स्थानीय सरोकारवाला निकाय सैनामैना नगरपालिका, बुटवल उपमहानरपालिका, प्रदेश सरकार संघीय स्तरको पुरात्वीक विभागको समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँछन् । उनी भन्छन्–‘यो विषयमा अब ढिलाई गर्न हुँदैन, यसको लागि सबैले साथमा साथ लागेर अगाडि बढाउन आवश्यक छ ।’ उनका अनुसार सैनामैना र चारपाला क्षेत्रमा भारतका वरिष्ठ पुरातत्वविद्हरू पीसी मुखर्जी (सन् १८९९ ) ले भ्रमण गरेको १२४ वर्ष र देवाला मित्र (सन् १९६२) ले भ्रमण गरेको ईतिहासमा पाइन्छ । देवाला मित्रको विष्लेषणमा योगिडाँडामा भेटिएका भाँडाका टुक्रा र अलङ्कृत इँटाहरू कपिलवस्तुको कुदानका भग्नावशेषमा प्राप्त सामग्रीको समकालिन हुन् । उनका नअुसार पुरातत्वविद् देवाला मित्रका अनुसार यहाँ भेटिएका माटाका भाँडाहरू आठौं नवौं शताब्दीतिरका हुन् ।
केही बर्ष पहिला चारपाला सामुदायिक वनमा ऐतिहासिक तथा पुराताŒिवक भग्नावशेष फेला परेका थिए । वनको ब्लक नम्बर एकको ६० हेक्टर क्षेत्रमा बुद्धकालीन र मल्लकालीन भग्नावशेषहरू भेटिएका हुन् । वनमा सयौं वर्ष पहिले ठूलो मानव बस्ती रहेको पाइएको अनुमान समेत गरिएको छ ।

त्यहाँ इनार, बुद्धकालीन इँट्टा, मानाका ढकनी, चौपारी चिनेको, अष्टधातु, माटाका भाडाहरू लगायतका वस्तुहरू भेटिएको थिए । चारपाला वन उपभोक्ताको हिसाबले नेपालकै ठूलो वन हो । वनमा १४ हजार उपभोक्ता छन् । वनको क्षेत्रफल २ हजार २३ हेक्टर रहेको छ । चारपाला सामुदायिक वनमा विश्वमै लोपोन्मुख पहेंलो कछुवा समेत भेटिएको थियो । वि.स. २०७६ सालमा बुटवल उपमहानगरपालिका वडा नंं १२ स्थित उक्त वनमा पहेँलो प्रजातिको कछुवा भेटिएको थियो । काठमाडौं गोल्डेन गेट कलेजबाट आएको सुरेन्द्र राजवंशीको टोलीले हालै मात्र वनमा अनुसन्धान गर्दा पहेँलो प्रजातिका ४ वटा कछुवा र अण्डा फेला पारेको थियो । यो कछुवा विश्वमै लोप हुन लागेको प्रजाति हो ।
पहाडको उकालोमा घसे्रर बाँच्ने यो कछुवाको आयु ८० वर्षभन्दा बढी हुन्छ । अनुसन्धानकर्ताले फेला पारेको कछुवालाई वनमै छाडेका थिए । बुटवल, शुद्धोधन र सियारीका उपभोक्ताहरू सम्मिलित चारपाला सामुदायिक वनका १४ हजार बढी उपभोक्ता छन् । २ हजार १० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा हालैमात्र प्राकृतिक संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले बाघको गणना गरेको थियो । बाघ गणना गर्दा चारपाला वनमा १ पाटे बाघ र २ न्याउली बाघ फेला पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?