ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

देवदहमा सञ्चालित उपमेयरकप छात्रा भलिवलको उपाधि सगरमाथालाई

२३ फाल्गुन २०८०, बुधबार
२३ फाल्गुन २०८०, बुधबार

देवदह, २३ फागुन ।

रुपन्देहीको देवदहमा संचालित दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको उपाधि सगरमाथा आवासीय माध्यमिक विद्यालयले हात पारेको छ ।

प्रतियोगिता अन्तर्गतको फाईनल खेलमा देवदह बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालयलाई हराउँदै सगरमाथा आवासीय माध्यमिक विद्यालयले उपाधि हात पारेको हो । देवदह नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा देवदह क्षेत्रका १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।

फाईनल खेलमा सोझो ३ सेट जित्दै सगरमाथा आवासीय माध्यमिक विद्यालयले उपाधि संगै नगद ४० हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा सगरमाथा आवासीय माध्यमिक विद्यालयले २५–१४, २५–२३, २५–१७ को सोझो सेट जित्न सफल भएको थियो । खेलमा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयका खेलाडीहरुले राम्रो प्रदर्शन गरेपनि जित्न नसकेपछि उपविजेतामा चित्त बुझाएका छन् ।

उपविजेता बनेसंगै देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले नगद ३० हजार र ट्रफी प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा देवदह माध्यमिक विद्यालय तृतीय भएको छ । तेश्रो स्थानको लागि भएको खेलमा देवदह बोडिङ्ग स्कुललाई हराउँदै तृतीय भएको हो । खेलमा देवदह माध्यमिक विद्यालयले २५–१८, २५–१९, २५–१९ मा तीन सेट जित्न सफल भएको थियो ।

खेलमा देवदह बोर्डिङ्ग स्कुलले २८–२६ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा तृतीय हुने देवदह माध्यमिक विद्यालयले नगद २० हजार, ट्रफीसंगै खेलमा सान्त्वना भएको देवदह बोर्डिङ्ग स्कुलले नगद १० हजार प्राप्त गरेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिए । प्रतियोगितामा विधागत खेलाडीलाई समेत सम्मान गरेको छ । खेलमा बेस्ट व्लकर सगरमाथाका एलिना कार्की, बेस्ट सेटरमा बुद्ध पव्लिकका अञ्जली कुवर, उदयमान खेलाडीमा देवदह बोडिङ्गका एलिना थापा, बेस्ट सर्टरमा देवदह माविका कुशुम थापा, वेस्ट प्लेयरमा सगरमाथाका विष्णु पोखरेल, अनुशासित खेलाडीमा सगरमाथाका भिम विक, बेस्ट स्पाईकरमा बुद्ध पव्लिकका पिंयका पुन, बेस्ट डिफेण्डरमा बुद्ध पव्लिकका ईशिका थापा तथा वेस्ट प्रशिक्षकमा सगरमाथाका सुजाता राना पुरस्कुत भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताए । उनले प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सकिने बताउदै खेलाडी उत्पादन संगै संरक्षण गर्न नगरपालिका लागि रहेको बताए ।

उनले खेलकुदको माध्यमबाट युवाहरुलाई एकता गराई गलत क्रियाकलाप तर्फ जान रोक्ने बताए । नगर प्रमुख खरेलले खेलकुदको माध्यमबाट आर्थिक विकास गर्दै जिविकोपार्जन गर्न सकिनेमा जोड दिए । कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डे, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?