ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

गठबन्धनमा उलटपुलट, जनतामाथि विश्वासघात नहोस्

२३ फाल्गुन २०८०, बुधबार
२३ फाल्गुन २०८०, बुधबार

‘रात रहे अग्राख पलाए’ नेपाली उखान अहिलेको नेपालको बिद्यमान राजनीतिक उलटपुलटसंग मिलेको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने पनि पछिल्लो दुई दिनको घटनाक्रमले स्पष्ट गरेको छ । राजनीति शास्त्रको यो सिद्धान्त नेपालका राजनीतिमा संयोगमात्र होइन यथार्थ वनेको छ । प्रधानमन्त्री प्रचण्डको हरेक पटकको कुटनीति सत्ताकेन्द्रित रहेको यी घटनाक्रमले पुष्टी गर्दै पनि आएका छन । निश्चितरूपमा नेपालको राजनीति प्रचण्डकै वरिपरी घुमिरहेको छ । अर्थात ३२ सिटको माओवादीले देश नचाईरहेको छ । कहिले कांग्रेससंग मिलेर गठबन्धन अनि कहिले एमालेसंग मिलेर गठबन्धन गर्दै सत्तामा टिकिरहने दाउमा प्रचण्ड सफल भएका छन् । यद्यपि यो गठबन्धन पनि कति दिन टिक्ने भन्ने कुराको कुनै निश्चितता छैन । किनभने प्रचण्डको खेलमा भोली गज्जबको गोटी कांग्रेस हुने भयो भने अहिलेजस्तै रातारात अग्राख पलाउन सक्छ । प्रचण्डको खेलमा एमाले र कांग्रेस नाचिरहेका छन । प्रचण्डले देशलाई नचाईरहेका छन । पटकपटक भैरहेको सत्ताको उलटपुलटमा नेपाली जनताको आशा र अपेक्षामाथि तुषारापात हुने अवस्था छ । नेपाली जनताको सपना पूरा हुने अवस्था छैन । शहिदले देखाएको बाटो हिँडने काममा अलमल गरिएको छ । सत्ताको अगाडी जनताको आशा र अपेक्षा धुमिल परिरहेको छ । अहिले नयाँ गठबन्धन निर्माण भएको छ ।

यो गठबन्धनले अव बाँकी रहेको चार बर्ष देशको शासन गरोस् । प्रचण्डको स्वार्थमा गठबन्धन बनाउने र भत्काउने काम कम्तिमा अवचाहिँ नहोस् । त्यसो त नेपालमा धेरै सरकार बने, नयाँ सरकारबाट जनताले त्यही आशा र अपेक्षा गरे तर जनताका आशा र अपेक्षामाथि बिश्वासघात भएको छ । २०४६ सालयता बनेका कुनैपनि सरकारले जनताको अपेक्षा पूरा गर्न सकेनन् । बरु जनतामाथि सरकारबाटै दोहनको काम भएको छ । नेपाली जनताकै त्याग र बलिदानबाट मुलुक यहाँसम्म आइपुगेको अवस्थामा सरकारसँग यति आशा गर्नु कुनै ठूलो अपेक्षा होइन । जनताका अपेक्षा पूरा गर्ने सन्दर्भमा सरकार सधै छायाँमा पर्दै आएको छ । अहिलेको सरकार यस्तो विन्दुमा उभिएको छ, जहाँ समस्या र कठिनाइ पर्दा समाउने कुनै हाँगो छैन । भएका केही हाँगाहरूमा काँडैकाँडा छन् । किनभने मन्त्रिपरिषद पुनर्गठन भएको दुई दिन नहुँदै शक्तिशाली मन्त्रालय लिने रस्साकस्सी चलिरहेको छ ।

नेपाली जनताले यति लामो संघर्ष गरेर हासिल गरेको ब्यवस्थाबाट सन्तुष्टी हुने अवस्था देखिएन । नेताहरू देशको विकास र परिवर्तन भन्दा पनि कुर्सीको लागि र आफ्नो स्वार्थ पूरा गर्नैको लागि रहेछन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । जनताको रोजीरोटीको बिषय समाधान भएको छैन । शिक्षा, स्वास्थ्य, शान्तिपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना भएकै छैन । दिनको दुई हजार बढी युवा खाडी मुलुकमा पलायन भैरहेका छन । संघीय स्वरूपको राजनीतिक प्रणाली स्थापना भएपनि आम नागरिकको शान्ति, सुशासन र विकासको सपना केवल सपना मात्रै हुने हो कि भन्ने चिन्ता छ । फेरीपनि नेताहरू कुर्सी दौडमा लिप्त हुँदा जनताका आशा र अभिलाषा विर्सदै गएका छन । पछिल्लो सत्तापलटले जनताको आशालाई निरासामा परिणत गर्ने काम नहोस् । जनताले विश्वास गरेर पठाएका जनप्रतिनिधिहरूले जनताको विश्वास तोड्ने काम नगरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?