Butwal Today

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज दिउसो

२२ फाल्गुन २०८०, मंगलवार
अ+
अ-

काठमाडौं,२२ फागुन ।   मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो तीन बजे डाकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वैठक बस्ने तय भएको हो । तर ४ दलको वैठक अघि लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्ने र उनीहरु पनि गठबन्धनमा सामेल हुने भए सोही आधारमा मन्त्रालय भागबण्डा हुने जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । सोमबार चार दलहरूबीच सत्ता सहकार्यको समझदारी भएर आठ बुँदे सहमति भएको थियो।

अब १० सिट रहेको एकीकृत समाजवादी, तीन सिट रहेको नागरिक उन्मुक्ति, चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको माओवादी केन्द्रमा महासचिव देव गुरूङले बताए।

नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल डिपीले मन्त्रीको शपथ लिइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?