Butwal Today

कर्णालीमा काँग्रेसका मन्त्रीले दिए राजिनामा, नयाँ सरकार बन्ने बाटो खुल्यो

२२ फाल्गुन २०८०, मंगलवार
अ+
अ-

सुर्खेत,२२ फागुन ।   कर्णाली सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन् । काँग्रेसका तीन मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा पत्र पेस गरेका छन् । केन्द्रमा नयाँ समिकरण बदलिएसँगै कर्णाली सरकारमा रहेका तीन मन्त्रीहरुले राजिनामा दिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले संयुक्त रुपमा राजिनामापत्र बुझाएका छन् । उनीहरु गएको वैशाखमा मात्रै मन्त्री बनेका थिए । कँग्रेसका तीन मन्त्रीको राजिनामापछि मुख्यमन्त्री शर्मालाई नयाँ गठबन्धनको सरकार निर्माण गर्ने बाटो खुलेको छ ।