Butwal Today

नेपालद्वारा नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य

२२ फाल्गुन २०८०, मंगलवार
अ+
अ-

काठमार्डौं,२२ फागुन । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जित्न नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८४ रन जोड्यो।

नेपालका आसिफ शेख ४७, गुल्सन झा ३४, कुशल मल्ल २६, रोहित पौडेल २५ र कुशल भुर्तेल २० रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके। आरिफ शेखले खाता खोल्न सकेनन्।

पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे।

गुल्सन र कुशल मल्लबीच पाँचौँ विकेटका लागि ३० रनको साझेदारी भयो। १७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर एक सय ५८ रन जोडेको नेपालको त्यसपछि १० रनको अन्तरमा ४ विकेट गुमेपछि रनको गति घटेको थियो।

नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २२ विकेट हात पारे।